नेपालगंज असार ११ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ कुम्बमा एक महिला झुन्डिएको अवस्थामा फेला परेकी छन । राप्ती सोनारी निवासी १८ वर्षिय रिता चौधरी आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा रिता झुन्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिए।
घरमा सरसल्लाह गरेर नेपालगन्ज मोबाइल लिन आएका श्रीमान दिपक चौधरी र सासू बाख्रा चराउन गएको बेला बुहारीले आत्माहत्या गरेको स्थानीयले बताए । सोमबार दिउँसो करिब १२-१ बजेको समयमा झुन्डिएको अवस्थामा फेला परेको बुझिएको छ ।
स्थानीय अनुसार रिता बैवाहिक बन्धनमा बान्धिएको १ वर्ष भएको र पारिवारिक सम्बन्ध पनि राम्रै रहेको जानकारी गराए । मृतकको पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धान पश्चात मात्रै आधिकारिक जानकारी आउने प्रहरीले जनाएको हो ।