नेपालगंज असार ११ गते।
लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेत गराउन नेपालगन्जमा प्रभातफेरी निकालिएको छ । लागू औषध रहित स्वस्थ जीवन मुल नाराका साथ सोमबार, जुन २६ मा विश्वभरी मनाइदै गरेको लागू पदार्थ दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तरराष्ट्रिय दिवस नेपालगन्जमा पनि प्रभातफेरी कार्यक्रम गर्दै मनाइएको छ ।
लागू पदार्थको सञ्चिति, ओसारपसार, सेवन, बेचविखन लगायतका क्रियाकताप गैर कानुनी हुन्’ डिएसपी नारायण डांगीले भने, ‘यस्तो क्रियाकलापमा संलग्नलाई कडा कारवाही त हुन्छ नै। यसले स्वयम् प्रयोगकर्ताको स्वास्थ्यमा असर पार्नुका साथै देशको सामाजिक र आर्थिक अवस्था पनि कम्जोर बनाउँछ।’
जिल्ला प्रशासन कार्यालय बाँकेबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी धम्बोजी चौकमा पुगेर कार्यक्रममा परिणत भएको छ । प्रभातफेरीमा कार्यक्रममा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका अधिकृत तथा जवान, सशस्त्र प्रहरीका अधिकृत, लागू औषध बिरुद्ध काम गर्ने बिभिन्न संघ संस्था, सामाजिक अगुवा, मिडियाकर्मी लगायतको उपस्थिती रहेको थियो ।