नेपालगन्ज असार १० गते।
बाँकेको साइगाउँ सीमानाकाबाट लुकाई छिपाई अबैध रुपमा भारतीय कुखुराको तस्करी गर्ने केहि व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके जिल्लाको जानकी गाउँपालिका वडा नम्बर १ साइगाउँ भारतको खुला सिमानाका क्षेत्रमा कुखुरा तस्करी मौलाएपछि तस्करीमा संलग्न ४ जनालाई प्रहरीले प्रकाउ गरि थुनामा राखेको छ । एक जना कृखुरा व्यवसायिले बताए ।
कुखुरा व्यवसायि मञ्चले पछिल्ला दिनमा सक्रिय हुदैं अनुगमनको काम गरिरहेकाले पनि तस्कर समाउन सहज बनेको हो । भारतबाट कुखुरा तस्करी गरि ल्याउने नेपालगन्ज उपमहानगरपालिका ७ का सुरेन्द्र चौधरी केहिदिन अघि प्रकाउ परि छुटिसकेका छन ।
प्रहरीले नेपालगन्ज गणेशमान चौक नाजिके रहेको शुफियान फ्रेश हाउस का प्रो. नसरूद्दीन राई, जानकी गाउँपालिका वडा नम्बर १ साइगाउँका मकबुल राई, समसुद्दीन राई खजुरा गाउँपालिका वडा नम्बर २ का टोप बहादुर रानालाई प्रकाउ गरि थुनामा राखेको कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष धर्मराज पोखरेलले जानकारी गराए ।
आइतबार मञ्चको बसेको बैठकले कुखुरा तस्करीमा संलग्नहरुलाई हदै सम्मको कारबाहिको माग समेत गरिएको छ । मञ्चले बाँके जिल्लाको खुला सिमानाका क्षेत्रमा थप अनुगमन गरि तस्करी रोक्न अभियान समेत संचालन गर्ने जनाएको छ ।