बर्दिया असार ८ गते ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिकाको मिरर होटलको सभाहलमा एक कार्यकर्ममा मोंगरे गोडियाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ। मोंगरे गोडिया २०७९ सालको स्थानीय निर्वाचनमा जनमत पार्टीको तर्फवाट मेयर पदको उम्मेदवार बनेका थिए।
स्वराज पार्टीकै भेलाबाट लगभग ७० जनाले जनमत, काँग्रेस , एमाले, राप्रपा परित्याग गरी राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन। सहभागी सम्पूर्ण सदस्यलाई तथा ब्यवस्थापन गर्ने भाइ बहिनीहरुलाई हृदय देखि धन्यवाद ज्ञापन गर्दे राष्ट्रिय स्वराज पार्टी सयोजंक इरफ़ान शेषले बताए ।
अहिले राष्ट्रिय स्वराज पार्टी मधेसका जिल्लामा बिस्तार तीब्र गतिले अगाडी बडेको छ। राष्ट्रिय स्वराज पार्टी स्वराजी क्रान्तिकारी नेता इरफान अहमद शेषको नेतृत्वमा गठन भइरहेको केन्द्रीय महिला नेतृ जोया शेषले लिमरा खबरलाई जानकारी गराएकी हुन ।