मंसूर अली इद्रिशी
नेपालगंज असार ५ गते-अतिरिक्त हुलाक कार्यालय बाँकेका कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । सरकारले हालै प्रस्तुत गरेको बजेट भाषणमा अतिरिक्त हुलाक सेवा खारेजी गर्ने घोषणाको बिरोध गर्दै कर्मचारी विरोध स्वरुप कालो पट्टी बाधेर आन्दोलित भएका हुन् ।
बिभिन्न ४ वुँदे माग राख्दै अतिरिक्त हुलाक कर्मचारी एशोसियसन बाँके मार्फत उनीहरु आन्दोलनमा उत्रिएका हुन् । एशोसिएसन बाँकेले आज (मंगलवार) नेपालगंजमा रहेको जिल्ला हुलाक कार्यालय अगाडी धरना दिएका छन । लिमरा खबर संग सांवादमा एशोसियसन बाँके अध्यक्ष शंखीलाल थारुले भने सो निर्णय सरकारले तत्काल खारेज नगरे आन्दोलन नरोक्ने चेतावनी दिएको हो । नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएशनमा करिब ११ हजार कर्मचारीको पेशागत हक र हितका लागि संघर्ष गर्दै आएको विशुद्ध पेसागत संगठन भएको एसोसिएशन बाँकेले दाबी गरेको छ ।
केन्द्रिय अतिरिक्त हुलाक सेवाको परिपत्र अनुसार कर्मचारीको पेशागत हकहितका लागि जारी भएको विज्ञप्तिलाई पुर्ण रूपमा अनुमोदन गर्दै जिल्लाभर रहेका २३ वटा अतिरिक्त हुलाक सेवा अर्को सूचना नआएसम्म पुर्णरुपमा हुलाक सेवा बन्द गर्ने निर्णय गरिएको अतिरिक्त हुलाक कर्मचारी एशोसियसन जिल्ला शाखा बाँकेका अध्यक्ष शंखीलाल थारुले बताउनुभयो।