बाँके असार जेठ ३ गते ।
बाँकेको खुला सिमानाकाबाट हुदैँ आएको तस्किरी केही हद सम्म कम भएको बुझिएको छ । जानकी गाँउपालिका संग जोडिएको छिमेकी राष्ट्रबाट हुदैँ आएको अबैद्ध समानको निकासीमा केही हद सम्म लगाम लागेको हो । खुला नाकाको फाईदा उठाउदै तस्करले अबैद्ध रुपमा दिउँसै लाखौंको समान भन्सार छलेर नेपाल भित्र्याइ रहेको स्थानीयले मिडियाकर्मीलाई व्यापक गुनासो गरेका थिए ।
तस्करले दिउँसै खेतैखेत अबैद्ध सामान सहित मोटरसाईकल कुदाईरहेको दृश्य छर्लङ्ग भएपछि लिमरा खबर नाईल खबर, र हाम्रो मिडिया नेपालले समाचार सम्प्रेषण गरेका थिए । नेपालगञ्ज स्थित र जानकी गाँउपालिका वडा नं. १ स्थित साईगाँउ, बढैया, सिपुरी नाका तस्करीको लागि विगत देखि नै चर्चित स्थान हुन । विभिन्न समयमा यी स्थान तस्करीको विषयमा विवादमा आउने गरेका छन ।
व्यापक आलोचना र गुनासो पछि रिर्पोटिङ्गमा पुगेका मिडियाकर्मीको संयुक्त टोलिले लगातार समाचार सम्प्रेषण गरेपछि सिमानाकामा खटिएका सशस्त्र प्रहरीले थप कडाई थालेको छ । जस पश्चात सिमानाकाबाट तस्करी पहिला भन्दा २,३ दिन यता केही कम भएको महसुस गरिएको एक जना स्थानीयले बताए ।
तस्करीलाई पूणर् रुपमा न्यून गर्न लागिपरेका जनकी स्थित बढैया नाकामा स्थापित विओपीका इस्पेक्टर हरि बहादुर शाहीले बताए । उनले भने, ‘यति गर्मीमा एक जना स्टाफको ड्युटी १२ घण्टा सम्म हुन्छ । कहिले काही मलाई आफै पनि दया लागेर आउँछ । उक्त विओपीको सिमाक्षेत्र ठूलो भएकोले पनि आफुहरुलाई समस्या हुने गरेको इस्पेक्टर शाहीले जानकारी दिए । सिमित जनशक्ती र बढैया देखि बर्दिया जिल्ला सम्मको सिमाक्षेत्र ठूलो भएकोले बीचमा एउटा विओपी थप्ने सशस्त्र प्रहरी तयारीमा रहेको छ । सशस्त्र प्रहरी बाँके अनुसार सिपुरी र बाँके,बर्दिया सिमानाका मानखोला बीच एउटा विओपी थप्ने प्रक्रियामा रहेको छ ।
शसस्त्र प्रहरीका एक अधिकारीले भने, ‘तस्करीलाई कसरी जिरो लेभलमा ल्याउन सक्छौ भन्ने विषयमा हामी प्रतिबद्ध छौं । सिपुरी र मानखोला बीच एउटा विओपी स्थापना गरेपछि समस्या समाधान हुनेछ, हामी विस्वस्त छौं । यस क्षेत्रमा तस्करले भारी मात्रामा सामान नेपाल भित्र्याउन थालेपछि स्थानीयलाई समेत सास्ती खेप्नु परेको उनीहरुले गुनासो गरे । समाचार प्रभावका कारण यति बेला सिमाक्षेत्रमा कडाईका साथ सशस्त्र प्रहरी चेकिङ्ग गरिरहेको छ ।