नेपालगंज असार २ गते ।
बांकेमा राष्ट्रिय स्वराज पार्टीको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपालगंज उप महानगरपालिका वडा नम्बर १० गणेशमान चौक नजिकै रहेको साथी कृष्ण कटेजमा पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ५० जना राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन।
प्रवेश गर्नेहरुमा नरेनापुर गाउपालिका साकिर पंकज मौर्या राम दयाल मनोज बीसी रोहित चौधरी भागी राम मौर्या, लगायत एमाले, काँग्रेस राप्रपा , जनमत , जसपा, लोसपा लगायतका पार्टी परित्याग गरि लगभग ५० जनाले राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेको राष्ट्रिय स्वराज पार्टीका नेता जाबिर हलवाईले बताएका छन ।
कार्यक्रमको प्रमुख अतिथिरुपमा केन्द्रीय संयोजक इरफान अहमद शेष केन्द्रीय नेताहरूको व्यापक उपस्थिति रहेको थियो । केन्द्रीय महिला नेतृ जोया शेष, केन्द्रीय सदस्य रीता खटिक, पार्टी संरक्षक रियाज अहमद , सहसंरक्षक जाबिर हल्वाई, केन्द्रीय सचिव राजा सिंह सरदार तथा कार्यक्रमका सभापति अब्दुल कादिर साई रहेका थिए।
कार्यक्रममा स्वागत मन्तब्य महिला केन्द्रीय नेतृ जोया शेषले गरेकी हुन उहाले सम्बोधनको क्रममा मधेस र मधेसी जनताको हकमा काम गर्ने बुलडोजर बाबा राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय संयोजक इरफान अहमद शेष जनताको हक़ हितका लागी कामगर्ने बताएकी हुन । त्यस्तै नेता जाबिर हल्बाइले पनि जनतामाथी ठगि गरेकोले आउने दिन कालोमोसो दल्न पनि पछि हट्ने छैनौ भनेका छन ।
राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय संयोजक इरफान शेषले नागरिकता को बिशयमा सबेजना लाई एकजुट बहेरा लाग्नु पर्छ। मन्तब्यको क्रममा भनेका थिए हामी मधेसी जनताको लागि बलिदान दिन पछि हट्दैनौ तर मधेसीका गद्दारहरूलाइ अब छोडिदैनौ हामी इमानदारीपुर्वक जनताको बीचमा बसि संघर्ष गर्छौ।संघर्षलाई बेच्ने क्रम नरोकिएकोले हामीले राष्ट्रिय स्वराज पार्टीको स्थापना गर्न बाध्य भएकार्छौ।
राष्ट्रिय स्वराज पार्टीले जनताको लागि जीवनभर लड्न तयार रहेको पनि बताए प्रमुख अतिथि केन्द्रीय संयोजक शेषलाई नाराबाजीका साथ कार्यकर्ताहरूले स्वागत गरेका थिए। उहाँले बोल्नेक्रममा भनेका थिए यदि सरकारले नागरिकता का बिसयमा मधेसी जनतालाई अझै पनि न्याय गरेन भने हामी अन्दोलनका लागि पनि तयारर्छौ पछि हट्दैनौं हामीले निरन्तर १२ वर्षदेखि मधेसी जनताको बिचमा रहि संघर्ष गरे जेल गएपनि अहिले सम्मको संघर्षलाई डा.सिके राउतले बेचेको आरोप समेत शेषले लगाएका छन।
राष्ट्रिय स्वराज पार्टी बाँकेको संगठन बिस्तार् आजकै दिन देखि पालिका देखि वडा सम्मको संगठन बिस्तार गर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन।, म आफ्नो पूरै जीवन जनताको लडाईमा अग्रपंतीमारही लडनाको लागि समेत तयार रहेको पनि शेषले जनाएका छन ।