नेपालगंज असार १ गते ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ मा सिफारिस बापत नौ हजार रुपैयाँ घुस लिइएको पाइएको छ । वडा कार्यालयमै जनप्रतिनिधिले घुस रकम लिएको प्रमाण भेटिए पछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । बंगुर तथा माछा पालन फर्मको अनुदानका लागि सामान्य सिफारिस लिन गएका सेवाग्राही संग २० हजार रकम काम गरे बापत माग गरिएको थियो । नेपाल प्रहरी र अख्तियारको टोलीले घुस लिएको अभियोगमा कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया र करार कार्यालय सहयोगी गंगा राम बृजवासीलाई नियन्त्रणमा लिएको छ ।
पिडितले भने, ’तपाईं अनुदान बापत सरकारबाट पैसा पाउने हो तर मलाई के मिल्छ वडा सदस्यले प्रशन गर्दै सुरुमा २० हजार माग गरेका थिए । पिडित अनुसार एक महिनाबाट बार्गेनिङ गर्दा गर्दै असार १ गते ९ हजार घुस रकम कार्यालय मै सदस्य कबडियालाई दिएर सिफारिस लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जले उनीहरु दुई जना माथि छानविन तथा कार्वाही अगाडी बढाएको आयोगका सूचना अधिकारीले जानकारी दिए । पिडितले नाईल खबर र हाम्रो मिडिया नेपाल लिमरा खबरलाई बिगत केही दिन अगाडी नै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का जनप्रतिनिधिले आफूलाई दुःख दिइरहेको जानकारी गराए पश्चात लगातार फलोअफमा रहेका थिए। जसपश्चात मिडियाकर्मीले अख्तियार सहितका सम्बन्धित निकाय संग समन्वय गरेर स्ट्र्रिङ्ग अप्रेसन थालेका थिए ।
निर्वाचित वडाध्यक्ष सुरेश सिंह ठाकुरले आफ्नो घरयासी कामले कार्यालयमा उपस्थित हुन नसकेकोले जेठ २३ गते सदस्य कवडियालाई कार्यवाहक दिएर आफु बिदामा बसिरहेको जानकारी दिए । उनले वडा भेलामा पनि भ्रृष्टचार विरुद्ध आफुहरु सबै जुट्नुपर्छ र कुनै पनि सेवाग्राही संग फिजुलका रकम लिनुनहुने सचेत गराउदै आएको बताए । उनले भने, ‘मलाई यो विषयमा केही जानकारी भएन । सिफारिस गरे बापतको लाग्ने शुल्क १ सय १० हो तर यहाँ जनप्रतिनिधिले ९ हजार घुस रकम बुझेको अख्तियारले छापा मारेको छ ।
कार्यवाहक अध्यक्ष कवडियाले आफुलाई केही रकम राख्न दिएको कार्यालय सहयोगी वृजवासले स्विकार्दै अख्तियारलाई उक्त रकम बुझाए ।जेठ ३१ गते नै उक्त र्फमको सिफरिस तयार पारेर कार्यवाहकलाई हस्ताक्षर गर्न पठाईसकेपनि कार्यवाहक अध्यक्षले हस्ताक्षर गर्न आनाकानी गरेको संकेत पाएपछि सचेत गराउदा गराउदै पनि घुस रकम लिएको वडा सचिव राम कुमार पौडेलले जानकारी दिए । २०७९ मा भएको स्थानीय निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका १३ बाट जनता समाजवादी पार्टीका पुरै प्यानल नै निर्वाचित भएका सदस्य सोनी केवटले जानकारी दिइन ।