नेपालगंज असार १ गते ।
नेपालगंज नजिकै रहेको परसपुरगाउँमा सहादत्त मस्जिदको दोस्रो तले भवन निर्माण कार्य शुरू भएको छ। नेपालगंज उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको मुस्लिम्हरूको आस्था सहादत्त मस्जिदको दोस्रो तले भवन निर्माण कार्य आजबाट सुभारम्भ भएको हो । मस्जिदका अध्यक्ष कौसर अली बेहनाले एक कार्यक्रमको बिच भवन निर्माण कार्यको उदघाटन गरेका छन ।
स्थानीय मुस्लिम अगुवा लगायतको सहयोगले मस्जिदको दोस्रो तले भवन निर्माण हुन लागेको हो। परसपुर निवासी हाजी मुन्ताज धोबीले दुई लाख पचास हजार रुपया नगद सहयोग गरेको मस्जिदका सचिव इसराइल शेखले बताए । सहादत्त मस्जिद परसपुरको सबैभन्दा पुरानो मस्जिद हो ।
नयाकार्य समिती चयन भएदेखिनै सहादत्त मस्जिदको भोतिक निर्माण कार्य तीब्र गति लिएर अगाडी बढेको छ। समितीका वरिस्ट सदस्य आरिफ बागवानले लिमरा खबरको संवादमा उनले भने हामी जति सुकै समस्यामा परे पनि मस्जिदमा राजीनतिक न गरौ त्यहाँ इबादत गरौ र दुआको सहाराले समस्याको समाधान गरौ ।
मस्जिदमा कुनै निर्माण कार्यले नमाज पड़ने मुस्लिम भाईहरुलाई फाइदा हुन्छ भने त्यो कार्य गलत हैन तेस्तो कार्य लाइ हामी झन प्रोत्साहन गर्नु पर्ने हो ना के हामी तेस्लाई तोरेर मोरेर गलत सन्देश दिएर एक आप्सी मा फुट लाउने काम चाही न गरौ मस्जिदका अध्यक्ष कौसरले बताए ।