बाँके जेठ ३२ गते ।
नेपाल पत्रकार महासंघ बाँकेमा शुद्धिकरण अभियान, नयाँ सदस्यता वितरण र नवीकरण सम्बन्धि सवत्र्र विरोध भएको छ । पत्रकार महासंघ बाँकेले सार्वजनिक गरेको सदस्यता वितरण र शुद्धिकरण अभियानमा गरेको मापदण्ड ( केन्द्र र प्रदेश ) को विपरीत रहेको हुँदा पत्रकार महासंघ बाँके शाखाका सदस्य सौरभ गिरीले सामाजिक संजालमा बिज्ञप्ति जारि गरेका छन ।
जिल्लामा रहेका ३ सय ३५ सदस्य मध्येबाट १ सय ५८ जनाको सदस्यता नविकरण नगर्न र नयाँ सदस्यताका लागि आवेशदन दिएका ९९ सय जना मध्ये २७ जनाको मात्र नयाँ सदस्यताका लागि सिफारिस गरिएको हुदाँ चौर्तफी बिरोध भइरहेको छ ।
क्रियाशिल बिभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको मापदण्ड सबै पुगेपनि नयाँ सदस्यता लिन बाट बञ्चित गराउनुका साथै शुद्धिकरण अभियानमा समेत बिभेद गरिएको छ ।