मंसूर अली इद्रिशी
नेपालगंज जेठ ३२ गते- गत जेठ ४ गते देखि नेपालगंज १७ परसपुर लाई लक्षित गरेर संचालन भएको राष्ट्रिय परिचयपत्र बनाउने काम आज सम्पन्न भएको छ । नेपालगंज उप-महानगरपालिका १७ का वडाध्यक्ष लक्ष्मण प्रसाद वर्माको पहलबाट गत ४ गते देखि जेठ ३१ गते बुधबारसम्म परसपुर वडा कार्यालय नजिक मंदिरको धर्मशालामा राष्ट्रिय परिचयपत्र पन्जिकरण बिभाग द्वारा संचालन गरिएको राष्ट्रिय परिचयपत्र बनाउने कार्यक्रम बाट २२६८ जनाले सेवा प्राप्त गरेका छन् भने परसपुर वडा भित्र बसोबास गर्ने नेपाली नागरिक भएका सम्पुर्ण व्यक्तिहरु सबैले परिचयपत्र बनाउने मौका पाएका छन् ।
शुरुमा साविक वडा ९ , ८,७ ,६ ,५ ,४ ,३,२,१, का नागरिकहरुको भिड बढी भएका कारण साविक वडाको स्थायी ठेगाना नभएकाहरुको परिचयपत्र बनाउन नसकेतापनी पछिबाट भने केही खुकुलो भएका कारण स्थायी ठेगाना अन्यत्र भएकाहरुको पनि आवश्यक कागजात उपलब्ध भएकाहरुको समेत परिचयपत्र बनाउने काम भएको थियो । नेपालगंज १७ का कर्मचारी हेमन्त बहादुर साउदले रुजु अधिकारीको काम गरेका टिममा जानकी बिस्ट पुर्णिमा शाही ममता अबस्थी डाटा अपरेटरको काम गरेका थिए भने फारम भर्ने प्रमिता अधिकारिले सहयोग गरेका थिए ।
सरकारले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य जस्तै गरेका कारण यहाँका नागरिकहरु पनि उत्तिकै उत्साहित भएर परिचयपत्र बनाउने काममा सहभागी भएको र आज अन्तिममा करिब बिहान ११ बजेको समयमा उक्त कार्यको समापन भएको थियो ।
कार्यक्रमको समापन पश्चात नेपालगंज १७ वडाध्यक्ष लक्ष्मण प्रसाद वर्मा वडा सचिव सचिव उपमन्यु त्रिपाठी द्वारा उक्त कार्यक्रममा खटिएका कर्मचारीहरुलाई खादा लगाई प्रशंसा पत्र वितरण गर्दै धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा वडा सदस्य कौसर अली बेहना फिरोज बेहना वडा का कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।