नेपालगंज जेठ ३१ गते ।
बालश्रम न्यूनीकरण गर्न नेपालगंज उपमहानगरपालिकाका स्थानीय जनप्रतिनिधि हरु ले एक्यबद्धता जनाएका छन् । आज नेपालगंजमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले यस बिषयमा जोड दिएका छन् ।
रुसुफ नेपालको आयोजनामा तथा नेपालगंज उपमहानगरपालिका,स्वतन्त्रता अभियान र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा बाल श्रम न्यूनीकरणमा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले आगामी आर्थिक वर्षाको नीति तथा कार्यक्रममा बालअधिकार तथा बालश्रम उन्मुलनका लागि ठोस नीति ल्याउने बताएका छन् ।
साथै नगर उपप्रमुख कमरुद्दीन राई ले बाल श्रम न्यूनीकरणका लागि आयआर्जन मुलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनु भयो कार्यक्रममा बोल्दै रुसुफ नेपालका अध्यक्ष मुस्ताक् राई ले बालश्रमको तथ्यांक भयलाग्दो आवस्थामा देखुएको हुँदा स्थानीय सरकारले यसको तथ्यांकलाई समय समय मा अधावाधिक गर्नु पर्ने र पछिल्लो तथ्यांकमा देखिएको नगरमा रहेको ८ हजार बालश्रमिक प्रति जिम्मेवार निकाय सम्बेदनशील हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बालश्रमको तथ्यांक र स्थानीय तहको भूमिका विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय का उपसचिव अम्बिका प्रसाद् अधिकारीले कार्यपत्र प्रस्तुति गर्नु भएको थियो भने सो कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजाल, वडा अध्यक्ष,कार्यपालिका सदस्य र स्वतन्त्रता अभियानको सामना बराल लगायतको उपस्थिति रहेको थियो।