नेपालगंज जेठ ३१ गते ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ स्थित साईगाउँ बढैया सिमानाकाबाट नया तरीका बाट तस्करी शुरू भएको छ । तस्करको साईगाउँ बढैया सिमानाकाबाट इन्भर्टर ब्याट्रीको ट्रान्जिट प्वाईन्ट बनाउन थालेका छन् । साईगाउँका चर्चित तस्कर नसरुद्दीनको अगुवाईमा वासिम भन्ने गुज्जर बेहनाले चलाएको मोटर साइकलमा इन्भर्टर ब्याट्री सशस्त्र प्रहरी र नेपाल प्रहरीकोहरुको आँखा अगाड़ी खुलेयाम तस्करी गरिरहेको सोझै देख्न सकिन्छ ।
लिमरा खबर हाम्रो मिडिया नेपाल नाईल खबरका मिडियाकर्मीले ठुलो मात्रामा तस्करी भईरहेको सुचना प्राप्त भए पछि साईगाउँमा रिपोटिंग गर्न मिडियाकर्मीको टीम पुगेको हो । साईगाउँको बहिरा रहेको कब्रिस्तान नजिक भन्सार छली अवेध समान तस्करले लगी रहेको मोटर साइकलको तस्बीर खिचे पछि चर्चित तस्कर नसरुद्दीनले मिडियाकर्मीलाई धमकी समेत दिएको मोबाईलमा रिकार्डिंगमा सेभ रहेको छ।
मिडियाकर्मीले तस्कर नसरुद्दीनसंग जानकारी लिंदा तस्कर नसरुद्दीनले भनेका छन इन्भर्टर ब्याट्री कसको हो भने नेपाल प्रहरी लाई सोधे हुंछा । एउटा मोटर साइकलले एक पटकमा झण्डै ४ वटा इन्भर्टर ब्याट्री ल्याउने गरिरहेका छन् । स्थानीय भन्छन्‘अवैध सामानहरु त यहाँ प्रहरीकै स्कटीङमा आउँछ ।
साईगाउँ सिमा नाजिके रहेको रंजितबोझागाउँमा तस्करहरुले सामान भण्डारण गरेर दिउँसो र रातीको समयमा नेपालगन्ज ल्याउने गरेका छन् । रुपईडिहा नजिक रहेको रंजितबोझागाउँमा गोदाममा राखेको ४६ वटा इन्भर्टर ब्याट्री मध्य ८ वटा नेपालगंज ल्याई सकेका छन । नाम न छाप्ने सर्तमा एक जना स्थानिएले मिडियाकर्मीलाई बताए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङ र संरक्षणमा साईगाउँ सिमानाकाबाट नया डिजाईनमा खुलेयाम तस्करी भैरहेको छ । यस सम्बन्धमा नेपाल प्रहरी र सशस्त्र प्रहरी मौन देखिएका छन । सीमामा रहेका सशस्त्र प्रहरी बलको मिलोमतो र संलग्नतामा दैनिक लाखौँ लाखको तस्करी भइरहेको छ ।
यी हुन चर्चित तस्करहरु
नसरुद्दीन , अकबर मकबूल भूरे तवशिफ़ रंजीत बिमल मोहित