नेपालगंज जेठ २९ गते ।
अपहरणमा परेकी नेपालगञ्जकी एक नाबालिकाको घटनामा संलग्न दोषी माथि प्रहरीले कानुनी कार्वाही अगाडि बढाएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ पसाङ्गल्यामु मार्ग नजिक बस्ने मेहदी राईका २१ वर्षिय छोरा नुर आलम राईले १२ कक्षाको परिक्षा दिन गएकी १७ वर्षिय किशोरीलाई बन्धक बनाएर भारतमा राखेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर कार्वाही अगाडि बढाएको हो ।
नाबालिका सहित आरोपित राईलाई नेपाल प्रहरीले भारतबाट नियन्त्रणमा लिएर नेपाल ल्याएको र राई सहितका घटनामा संलग्न व्यक्तिहरु उपर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो। अपहरणमा परेकी नाबालिकाले पत्रकारलाई प्रतिक्रिया दिदैँ भनिन्, ‘म कक्षा १२ को परिक्षा दिन गएको थिए । सेन्टर रानीतलाव निर महेन्द्र स्कुलमा पर्यो । अनि बिहान म ८ बजे परिक्षा दिन गए । त्यो केटा मलाई बाहिर भेट्यो । उनले अझै खुलेर भनिन्, ‘त्यो केटा मेरो घरको छिमेकी हो । घरको बगलमा बस्थ्यो । त्यस माथि विस्वास पनि थियो । जो पनि आफ्नो छिमेकी संग मिलेर बस्छ, भरोसा हुन्छ ।
घर लगिदिने बहानामा छिमेकी समेत रहेका आरोपित राई संग आफु विस्वासको भरमा जान तयार भएको पिडित नाबालिकाले बताईन । उनले लिमरा खबरसंग संवाद गर्दै भनिन्, ‘म बाहिरा निके र उस्ले भन्यो जाम घर, रिक्सा रोक्यो अनि म पनि रिक्सामा बस्दिए । घरको छिमेकीलाई जो कोही पनि विस्वास गर्छ । सानै देखि बसेको संगै अनि म पनि हिन्दिए ।
राईले घर लगिदिने बताए पनि नाबालिकालाई आरोपितले ललाईफकाई गरेर आफ्नो साथीको कोठामा लगेको पिडितले बताइन । उलने भनिन्, ‘उनको साथीको घरमा एक जना केटी अझै थिइन । मलाई नास्ता खुवाए पछि मलाई होस नै थिएन । मलाई त्यति बेला फ्यामलीको याद पनि आएन ।
नास्तामा उनीहरुले के मिलाएका थिए भन्ने विषयमा आफु अज्ञात रहेको पिडित नाबालिकाले बताइन। उनले भनिन्, ‘दिल्लीमा धेरै दिन बसेको थिए, त्यही १७-१८ दिन । बाटोमा मलाई केही पनि होस थिएन र कहाँ पुगेको मैले केही थाहा पाइन । अपहरणमा परेकी पिडित नाबालिकाले आफु सहित आरोपित राईको टिकटक भिडियो अपलोड गरेकी थिइन । जुन केही दिन अघि ब्यापक चर्चाको विषय बनेको थियो । जबकी भारतमा टिकटक व्यान रहेको छ ।
उक्त विषयमा पिडित नाबालिकाले भनिन्, ‘त्यो त भिडियो मैले गराए किन भने त्यो केटाले मलाई भनेको थियो । यस्तो भिडियो गराउ किनकी नेपालमा धेरै मिडियाले यो विषयमा समाचार लेखेका छन। पुलिसले खोजी रहेका छन । अनि मलाई धम्कायो, तेरो नाना पनि वितिसक्नुभएको छ । तेरो परिवारलाई पनि म ज्यान असुरक्षित छ । यहाँबाट उम्किन गार्रो छ । म संग पैसा पनि थिएन र मोबाईल पनि थिएन । ३-४ जना त्यही रुममा बस्थ्यौं ।’
पिडितका अनुसार परिवार संग भेट्ने र नेपाल फर्किने सर्तमा उक्त भिडियो बनाएको हो । अन्यथा मारेर उतै फाल्ने धम्की समेत दिइएको पिडितले सुनाइन । उनले थप भनिन्, ‘अपहरणमा मोहित राई पनि सामिल थियो । सिमा अन्सारी भन्ने एउटा केटी पनि थिइन । नुर आलम भन्ने पनि थियो र सलमानको पनि हात थियो ।’
नेपाल प्रहरीले आफुलाई खोजेर नेपाल ल्याएको पिडितले जानकारी दिइन । उनले प्रहरीलाई धन्यबाद समेत ज्ञापन गरिन । उनले यस्तो अपराधिक गतिविधि गर्ने उपर कडा भन्दा कडा कानुनी कार्वाही गर्नुपर्ने माग गरेकी छन । दोषीलाई कुनै पनि हालतमा कानुनले उम्किन नदिन बताएकी छन । जिल्ला प्रहरी कार्यालय बाँके अनुसार आरोपित राई उपर ६ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
यता पिडितका परिवारले आफु छोरी पाएपनि न्याय अझै नपाएको जनाएको छ । परिवारले निश्पक्ष छानबिन गरेर दोषी माथि कडा कार्वाही गर्न माग गरेका छन । यति बेला मर्कामा परेका पिडित परिवार न्याय पाउने आशमा प्रहरी कार्यालय धाइरहेका छन । पिडित परिवारले समग्र पत्रकार, प्रहरी लगायतका साथ दिनेलाई कृतज्ञता समेत व्यक्त गरेको छ ।
गत जेठ ५ गते बिहान ८ बजेको समयमा नेपालगञ्ज स्थित महेन्द्र माविबाट नाबालिका अपहरणमा परेकी थिइन । २१ वर्षिय राईले नाबालिकालाई शरिर बन्धक बनाएर जवरजस्ती करणी गरिरहेको र मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को कसुर गरेको बताउदै मुलकी फौजदारी अपराध संहिता २०७४ को दफा २११, २१२, २१९ दर्ता भएको थियो ।
अपहरण (शरिर बन्धक) बनाएर जबरजस्ती करणी गरिरहेको बताउदै पिडित पक्ष प्रहरीलाई गुहार गरेको थियो । आरोपित राई विरुद्ध शरिर बन्धक, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्र्तगत मुद्दा दर्ता भएको हो ।