मंसूर अली इद्रिशी
बाँके जेठ २८ गते- नेपालगंजमा अत्यधिक गर्मी सुरु भए पछि मानवता नेपाल बाँकेले नेपालगञ्जको उच्च अदालत तुलसीपुर नजिक आज चिसो पानी बितरण गर्नु भएको छ ।
आइतवार चार बाहिनी चोकमा गर्मीलाई मध्यनजर गर्दै आवत जवात यात्रीहरुलाई चिसो पानी वितरण गरिएको मानवता नेपाल बाँकेकी कोषाध्यछ खुशबू श्रीवास्तवले लिमरा खबरलाई जानकारी दिएकी हुन।
बाँके जिल्ला नेपालगंजको तापक्रम ४६ डिग्री सेल्सियस पुगेका बेला यात्रु तथा मालपोत कार्यालय अदालतमा आएका सेवाग्राहीहरुको सजहताका लागि मानवता नेपाल बाँके नामक संस्थाले चिसो खानेपानी वितरण गर्नु भएको थियो।