काठमाडौं जेठ २८ गते ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चलेको छ । विमानस्थलको गेटनजिक आइतबार बिहान लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो ।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो । टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो ।
प्रहरीको गोली लागेर घाइते भएका विकास भगवत उपचारको लागि केएमसी अस्पताल लगिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको बताइएको छ । लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबार गर्ने ५/६ जनाको टोलीलाई नियन्त्रण गर्न खोज्दा घटना भएको जनाएको छ।