ललितपुर जेठ २२ गते ।
ललितपुरको चापागाउँबाट प्रहरीले राजस्व छली गरेको सामान लिएर हिँडेको आरोपमा गाडीसहित २ जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका २६ चिवहालबाट राजश्व छलि ल्याउँदै गरेका करिब २० लाख ७३ हजार ५ सय ९० रूपैयाँ बराबरको विभिन्न अवैध सामानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उ.म.न.पा.१४ डुम्बरवाना बस्ने दुर्गा प्रसाद लामिछानेको छोरा बर्ष ३४ को दिपक प्रसाद लामिछाने चालक र भारत बिहार राज्य, मोतिहारी जिल्ला, छतौनी ग्राम पञ्चायत वडा नं.११ बस्ने राम ईकवाल प्रसाद चौरासियाको छोरा बर्ष २८ को सचिन कुमार चौरासिया छन् ।
गाडीभित्रबाट राजस्व छलीका करिब २० लाख रुपैयाँ बराबरका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खा, कत्था बरामद भएको ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।