नेपालगंज जेठ,२२,गते । बाँकेका पालिकाहरूले आर्थिक वर्ष २०७८/७९ मा खाना, खाजा आदिमा साढे २ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको पाइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार बाँकेका ८ पालिकाहरूले १ वर्षको अवधिमा खाजा खाना लगायत विविध शीर्षकमा साढे २ करोड भन्दा बढी रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ ।
बाँकेका पालिकाहरूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था भए पनि पालिकाहरूले विभिन्न होटलमा कार्यक्रम गरेको पुष्ट्याइँबेगर केवल बिल भरपाइमात्र संलग्न गरी विविध शीर्षकबाट खाजा खाना वापतको खर्च गरेको उल्लेख गरेको छ ।
कुन पालिकाले कति खाए खाजा खाना ?
१. नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा ५१ लाख ३७ हजार ८ सय ४ रुपैयाँको खाना, खाजा आदिमा खर्च गरेको देखिएको छ । महालेखाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने उल्लेख गरेको भए पनि उपमहानगरपालिकाले आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च नगरेको पाइएको हो ।
२. कोहलपुर नगरपालिका
कोहलपुर नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ। तर पालिकाले यस वर्ष खाना तथा विविधतर्फ ४५ लाख २७ हजार ८ सय ६० रुपैयाँ खर्च गरेको छ । जुन पालिकाको आन्तरिक आयको १.९३ प्रतिशत रहेको छ। पालिकाले आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नु पर्ने भएपनि त्यसको विपरित खर्च गरेको छ ।
३. राप्ती सोनारी गाउँपालिका
आर्थिक वर्ष २०७८/७९ मा राप्ती सोनारी गाउँपालिकाले खाना तथा विविध शीर्षकमा ४ लाख ४८ हजार ७ सय ४५ रुपैयाँको खर्च गरेको छ । पालिकाले आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नु पर्ने भएपनि त्यसको विपरित खर्च गरेको हो ।
४. नरैनापुर गाउँपालिका
नरैनापुर गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा २० लाख रुपैयाँ खाना तथा विविध शीर्षकमा खर्च गरेको छ । पालिकाले आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नु पर्ने भएपनि त्यसको विपरित खर्च गरेको हो ।
५. डुडुवा गाउँपालिका
डुडुवा गाउँपालिकाले खाना तथा विविध शीर्षकमा आर्थिक वर्ष २०७८/७९ मा ५९ लाख ३९ हजार ७ सय ३१ रुपैयाँ खर्च गरेको छ । पालिकाले आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नु पर्ने भएपनि त्यसको विपरित खर्च गरेको हो ।
६. बैजनाथ गाउँपालिका
बैजनाथ गाउँपालिकाले आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नु पर्ने भएपनि त्यसको विपरित खर्च गरेको पाइएको छ । पालिकाले आर्थिक वर्ष २०७८/७९ मा २९ लाख ७३ हजार रुपैयाँ खाना तथा विविध शीर्षकमा खर्च गरेको छ ।
७. खजुरा गाउँपालिका
खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा २८ लाख ५४ हजार ९ सय ४५ रुपैयाँ खाना तथा विविध शीर्षकमा खर्च गरेको छ । पालिकाले आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नु पर्ने भएपनि त्यसको विपरित खर्च गरेको हो।
८. जानकी गाउँपालिका
आर्थिक वर्ष २०७८/७९ मा जानकी गाउँपालिकाले खाना तथा विविध शीर्षकमा १९ लाख ९३ हजार ३ सय ६ रुपैयाँ खर्च गरेको छ । पालिकाले आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नु पर्ने भएपनि त्यसको विपरित खर्च गरेको हो। source : ourtourismnews