नेपालगंज,जेठ,२०,गते।
डुडुवा गाँउपालिकाकी उपाध्यक्ष साहिदा बानोले आफ्नो निजि कामकाजका लागि सरकारी गाडीको प्रयोग गर्दै आईरहेको शनिवार स्पष्ट भएको छ । उपाध्यक्ष बानो शनिवार दिउँसो निजि कामकाजका लागि सरकारी गाडीमा नेपालगञ्जको सवारी गरीरहेको बेलामा मिडियाकर्मीको क्यामेराले दृश्य कैद गरेको छ ।
सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालयको प्रयोजन बाहेक गाडी प्रयोग गर्न सम्बन्धित निकायबाट अनुमति आवश्यक हुन्छ । अर्थात जिल्ला प्रशासन कार्यालयबाट पास लिने प्रवधान छ । तर यो नियमको पालना भएको पाइदैन । उपाध्यक्ष बानोले कुनै पनि निकायबाट अनुमति नलिएरै सरकारी गाडी सार्वजनिक बिदाको दिन पनि कुदाइरहेकी छन ।
डुडुवा गाँउपालिकाको बा १ झ ४९९४ नम्बारको सेतो प्लेटको सरकारी गाडी नेपालगञ्ज स्थित नेपाल टेलिकमको कार्यालय अगाडी सडकको छेउमा पार्किङ्गमा रहेको दृश्य देखेपछि सञ्चारकर्मीको चासोको विषय बनेको थियो ।उक्त गाडी उपाध्यक्ष बानोको अनुमतिमा उनलाई लिएर नेपालगञ्ज एक सभामा ल्याएको गाडी चालकले जानकारी दिए । कार्यालयको समय बाहेक अन्य समयमा सम्बन्धित निकायको अनुमति लिएर मात्र चलाउन पाउने प्रवधान बारे चालक आफु ज्ञात रहेको स्किार गरे ।
यता उपाध्यक्ष बानो मिडियाकर्मीलाई प्रतिक्रिया दिदैँ जनताको कामको लागि गाडी प्रयोग गरेको बताइन । चालकले उपाध्यक्षलाई सभागोष्ठीको बहानामा जोगाउन खोजपनि उनी आफैले व्यक्तिगत कार्यका लागि सरकारी गाडी प्रयोग गरेको आफैले पोल खोलिन । उनले भनिन्, ‘शनिवार हो, जनताको कामको लागि युज गर्न मिल्छ ।’
पसिना पसिना भएकी उपाध्यक्ष बानोले आफ्नै पोल खोल्दै भनिन्, ‘म हस्पिटल आएको छु, आफ्नो दात पनि हेराएछु । एक जना हाम्रो मान्छे सिरियस हुनुभएको छ । अब हामी संग साधन छैन, टाढाबाट कसरी आउने र ’शनिवार सरकारी गाडी चलाउन तपाई संग अनुमति रहेको जवाफ गरेपछि उपाध्यक्ष बानोले भनिन्, ‘अनुमति छैन १ आफ्नो एरियामा चलाउन मिल्छ । हामी बाहिर थोडै गएछु । बाहिर जिल्लामा गएपछि अनुमति लिनुपर्छ ।’
थप प्रश्न गर्न साथ उपाध्यक्ष बानो जवाफ नदिएरै त्यहाँ एक मिनेट पनि उभिनन् । यता आन्तरिक श्रोतका अनुसार उपाध्यक्ष बानोको विगत देखि नै यहि रवैया छ । उनी घरेलु वसारपसारका लागि पनि सरकारी गाडी कै प्रयोग गर्दै आइरहेको श्रोतको दावी छ ।
उक्त श्रोतका अनुसार उपाध्यक्ष बानो व्यक्तिगत कामका लागि नेपालगञ्ज स्थित एक डेन्टल क्लिनिकमा आएकी थिइन । उनी जनताको कामको लागि बहाना गरे पनि आफ्नै दातको समस्याका कारण सरकारी गाडीमा नेपालगञ्ज आएकी थिइन । यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । बाँकेमा प्राय कर्मचारी देखि कार्यालय प्रमुख सम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको पाइन्छ ।
बाँकेमा बिदाको दिन सरकारी गाडी प्रयोग गर्ने कार्यालय वा कर्मचारीलाई कारबाही गर्न ट्राफिक प्रहरीले भने वेवास्ता गरेको छ । चेकिङ्ग क्रममा समेत ट्राफिक प्रहरीले आमजनतालाई कडाई गरेपनि सरकारी गाडीलाई छाड्ने गरेको छ ।