बाँके,जेठ,८,गते।
लुम्बिनी प्रदेश सरकारको कृषिमन्त्रीमा जसपाका भण्डारीलाल अहिर नियुक्त भएका छन् । मुख्यमन्त्री डिल्ली चौधरीले आज कांग्रेस, जसपा र जनमतबाट एक–एक जना गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
आज नियुक्त भएका मन्त्रीहरूमा स्वास्थ्यमन्त्री कांग्रेसका राजु खनाल, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र जसपाबाट अहिर कृषिमन्त्री बनेका हुन् । यसअघि मुख्यमन्त्री चौधरीले बैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए ।
सोमबार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता अहिर यसअघि पनि कृषि तथा भूमि व्यवस्था मन्त्री भइसकेका थिए । अहिर बाँके छेत्र नम्बर २ को प्रदेशसभा १ मा जसपाबाट निर्वाचित भएका हुन् ।