बाँके,जेट.६,गते।
मुस्लिम जर्नालिष्ट क्लब नेपालका सदस्य एंव लिमरा खबर डटकमका प्रवन्धक मंसूर अलि इद्रीशी माथि शुक्रबार बेलुका ६ बजे तिर समाचार संकलनको क्रममा नेपाल प्रहरीद्धारा भएको दुव्र्यवहार एंव आक्रमण प्रयास प्रति मुस्लिम जर्नालिष्ट क्लब नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नं. १७ मा सवारी चेकजाँचका क्रममा स्थानीय र प्रहरी बिच झडप भईरहेका बेला स्थलगत रिपोर्टिङको क्रममा प्रहरीले क्यामरा नियन्त्रणमा लिई धम्की पूर्ण भाषा प्रयोग गर्दै पत्रकार मंसूर अली माथि गरिएको दुव्र्यवहारको मुस्लिम जर्नालिष्ट क्लब नेपाल घोर निन्दा तथा भत्र्सना गर्दछ । आफू पत्रकार भएको जानकारी गराउँदा गराउँदै प्रहरीको मर्यादा विपरीत दुव्र्यवहार तथा हातपात गर्नु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको हाम्रो ठहर छ।
अतः पत्रकार मंसूर माथि हातपात तथा दुव्र्यवहार गर्ने नेपाल प्रहरी माथि कारवाही गर्न जोडदार माग गर्दछौ । साथै प्रेस स्वतन्त्रताको सम्मान तथा निर्वाधरुपमा पत्रकारीता गर्ने वातावरण बनाईदिन हुनका लागि स्थानीय प्रशासन समक्ष आग्रह गर्दछौ ।