बाँके,जेठ,६ गते।
नेपालगंजउपमहानगरपालिका वडा नम्बर १७ परसपुरमा स्थानिये र प्रहरी बिच झडप हुंदा रिपोर्टिङका क्रममा प्रहरीले पत्रकारको कैमरा नियन्त्रणमा लिने पर्यास गरेको छ ।
शुक्रबार अंदाजी साँझ ६ बजेको समयमा ट्राफिक चेकिंगको बारेमा स्थानीय र प्रहरी बिच परसपुरको चोकमा झडप भइरहेका बेला पत्रकारले भिडियो खिचिरहेको अवस्थामा पत्रकार मंसूर अली इद्रिशीको कैमरा प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो।
हाम्रो मीडिया नेपालको टीम र लिमरा खबर डट कम को टीम घटना स्थल को रिपोर्टिंग गर्नेकर्ममा प्रहरीले पत्रकारको कैमरा नियन्त्रणमा लिने कार्यले प्रेस स्वन्तत्रताको हनन् भएको ठहर गर्दै घटनाको छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन लिमरा खबर डट कमका सम्पादक अब्दुल करीम इद्रिशी (सकिल) ले माग गरिएको छ । प्रहरीले गरेको घटनाप्रति गम्भीर ध्यानार्षण भएको जनाएको छ ।