सबिता यादव
बाँके, बैशाख,२१,गते–दाईजो प्रथा र बालविवाह मुक्त समाज निर्माण गरौं । नेपालको कानुनअनुसार २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनिन्छ । बालविवाह लक्ष्य प्राप्तिका लागि एक बाधकका रूपमा पहिचान गरिएको हो । बालविवाह मानवअधिकार विरोधी कार्य हो । यसले बालबालिकाहरुका मौलिक अधिकार हनन गर्छ । रोजगारीलगायत मर्यादित जीवन र मानव अधिकारको उपभोगबाट वन्चित गर्ने भएकोले राज्यले बालविवाह गर्न नपाईने व्यवस्था गरेको हो र साथै यसले स्वास्थ्य, शिक्षा, सुरक्षासम्बन्धी अधिकारहरु बाट पनि वन्चित गराउँछ । यो एक प्रकारको सामाजिक कुरीति पनि हो ।
अर्थात कानुनले पनि बालविवाह निषेध गरेको छ । यदि कसैले बालविवाह गरेको प्रमाणित हुन्छ भने कानुन बमोजीम जरिवाना र सजायको कानुनी प्रावधान छ । तराई मधेसमा बालबालिकाको विवाह १५ वर्षभन्दा पनि कम उमेरमा हुने तथ्य अध्ययनले देखाएको छ । बालविवाह वा कम उमेरको विवाह हुँदाको परिणाम स् विवाह दर्ता बनाउन र वैवाहिक नागरिकता बनाउन उमेर २० बर्ष कटेको हुनुपर्छ तर संतान सो अवागै जन्मी सकेका हुन्छन् । यस्तो अवस्थामा बच्चाको जन्म दर्ता बनाउनमा समेत समस्या आउने गर्छ ।
दाइजो प्रथा पनि बालविवाहको एक प्रमुख कारण हो किनभने जुन अभिभावकको घरमा तीन वा चार वोटि छोरीहरु जन्मेका हुन्छन् त्यो अभिभावकलाई त झन् एक पछी अर्की छोरीको बिहेमा दिनुपर्ने दाईजोको चिन्ताले सताई रहेको हुन्छ । । दाइजो लेनदेनको कारण छोरीलाई छिट्टै बिहे गरिदिन्छन् । जति ढिलोगरी बिहे गर्योर, त्यति धेरै दाइजो तिर्नुपर्ने कारण पनि उमेरै नपुगी बिहे गरिदिन्छन् । यस्तो खालको परम्परा धेरैजसो मधेसी समुदायमा छ । दाईजो कै कारण तराई मधेसमा कैयन छोरीचेलीहरुको चित्तकार सुनिएको छ । दाईजो प्रथा कै कारण छोरीचेलीहरु घरेलु हिंसाका शिकार समेत भएका छन् भने कैयनलाई आत्महत्या गर्न बाध्य पारिएको छ । दाईजो प्रथा लाई सामाजिक बहिष्कार गर्नु पर्छ ।
दाईजो प्रथाले समाजमा गरिबी बढनुको साथै विकृती मौलाउदै जादैछ । दाईजो लिने र दिने दुबै पक्षलाई कानुनी दायरामा ल्याउनु पर्छ । त्यस्तै छोराछोरी बीचको विभेदले पनि दाईजो प्रथामा बढोत्तरी र बालविवाह हुने गर्छ । छोरालाई धेरै पढाउने तर छोरीलाई अरूको घर जाने जात भनेर कमै उमेरमा बिहे गरेर छुटकारा पाउने सोच समाजमा व्याप्त छ । अशिक्षा, गरिबी, परम्परागत चलन, चेतनाको अभावका कारण पनि बालविवाह हुने गर्छ र दाईजो प्रथा न्यूनीकरण हुन् सकिरहेको छैन् । त्यस्तै बालविवाहको कारणले बालबालिकाहरू शिक्षाबाट बञ्चित हुन्छन् । रोजगारी पाउन सक्दैन । जसले गर्दा आर्थिक रूपले परनिर्भर हुन्छ ।
दाइजो प्रथा अन्त्य गर्न बालिकाका शिक्षालाई प्रोत्साहन दिनुपर्छ । छोरी शसक्त् भए बुहारी शसक्त हुन्छन् । दाईजो प्रथा र बालविवाह जस्ता कुरीतिलाई अन्त्य गर्न सबै मिलेर पहल गर्न आवश्यक छ । हाम्रो समाजमा अहिले पनि छोरीलाई बोझको रुपमा र पराइ धनको रुपमा सम्झने गर्छ । छोरीको बिहे गरिदए पछि सबै जिम्मेवारीबाट मुक्त हुने सोचले जरो गाडेको छ । तराई मधेसमा धेरै कुप्रथामध्येको एक दाईजो प्रथा पनि हो । यही कुप्रथाका कारण छोरीलाई बोझको रुपमा लिइन्छ ।
यसलाई कसले बढावा दिदैछ भन्ने जान्नु जरुरी छ । दाईजो प्रथालाई सरकारमा बस्नेहरु अर्थात सरकारी जागीर गर्नेहरु, डाक्टर, इन्जिनीयर, शिक्षक, वकील, ठुलो व्यपारीले नै बढी जोड दिएका छन् । जति ठुलो पोस्टमा उति धेरै दाईजोको मांग गर्दछन् । अब बालविवाह र दाईजो प्रथा जस्ता कुप्रथाको अन्त्य हुनुपर्ने समय आएको छ । छोराको शैक्षिक योग्यतालाई अभिभावकले दाईजोमा क्यास गर्ने सोंचलाई त्याग्नु पर्छ ।