नेपालगंज,वैशाख,१६,गते।
विद्यार्थी राष्ट्रिय स्वराज संघ बाँके जिल्लामा कार्यसमिति शनिबार चयन भएको छ । विद्यार्थी राष्ट्रिय स्वराज संघ बाँके जिल्ला कार्यसमितिमा खेमराज मौर्याको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मतचयन भएको हो। राष्ट्रिय स्वराज पार्टी केन्द्रीय अध्यक्ष इरफान अहमद शेषको प्रमुख अतिथिमा विद्यार्थी राष्ट्रिय स्वराज संघ बाँके जिल्ला कार्यसमिति चयन भएको हो ।
उक्त कार्यक्रमको अवसरमा बोल्दै अध्यक्ष शेषले विद्यार्थीहरुलाई सकारात्मक र रचानात्मक कार्य गर्न सुझाव दिए । उनले विभिन्न राजनीतिक परिघटनामा विद्यार्थीले निभाएको भूमिका सम्झदै सधैं सत्यको पक्षमा हिड्ने संठगन रहेको समेत उनले बताए ।
अध्यक्ष खेमराज मौर्या, उपाध्यक्ष स्नेहा खातुन, साहिद हासमी, सचिव करण गोडिया, सहसचिव छिरुवा चिडिमार, सन्तोष कोरी, कोषाध्यक्षमा आभा चिडिमार तथा सदस्य देशराज वि.क.सुरज कोरी, अर्जुन वाल्मीकि, माही चिडिमार, बृजेश कुमार धोबी, रचित मौर्या, एलिना खातुन लक्ष्मण हमाल को नेतृत्वामा समिति गठन भएको विद्यार्थी राष्ट्रिय स्वराज संघका अध्यक्ष मौर्याले लिमरा खबर लाई बताए ।
सोही अवसरमा बोल्दै विद्यार्थी राष्ट्रिय स्वराज संघ बाँकेका अध्यक्ष मौर्याले संगठनको उद्देश्यबारे प्रकाश पारे। शासन व्यवस्थाको अन्त्य गर्न देखि अन्याय अत्याचारको विरुद्ध सधैं आवाज उठाईरहेको समेत बताए। गुणस्तरीय र सीपमूलक शिक्षाका लागि संगठनले परिवर्तनकारी भूमिका निर्वाह गरिने बताउँदै परिर्वतनको लागि संघर्ष गर्ने वेला आएको समेत जानकारी गराए ।
नवगठित कार्यसमितिका अध्यक्ष मौर्याले संठनलाई बलियो बनाई निष्पक्ष ढंगले अगाडी बढ्नको लागि सबैसँग आग्रह गरे । शैक्षिक गुणस्तरीयता कायम गराउन संघ सधैं प्रतिवद्ध रहनेमा उनले विश्वास प्रकट गरे। आफु लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएकोमा खुसी प्रकट गर्दै विश्वासका साथ अध्यक्षको जिम्मेवारी दिएकोमा आफु लगायत सम्पुर्ण कार्यसमितिले कर्तव्यवोध भई कार्य गर्ने प्रतिबद्धता प्रकट गरे ।
कार्यक्रमको प्रमुख अतिथिरुपमा केन्द्रीय अध्यक्ष इरफान अहमद शेष केन्द्रीय नेताहरूको व्यापक उपस्थिति रहेको थियो । केन्द्रीय महिला नेतृ जोया शेष, केन्द्रीय सदस्य रीता खटिक, पार्टी संरक्षक रियाज अहमद सहसंरक्षक जाबिर हल्वाई, केन्द्रीय सचिव राजा सिंह सरदार लगाएतको उपस्थिति रहेका थिए ।