मंसूर अली इद्रिशी
जानकी,वैशाख,१५,गते-बाँके जानकी गाउपालिका-१ साईंगाउका बिजय बर्माकी छोरी लछमी बर्मा जिल्ला बहराइच राईबोझा स्थित रहेको सीतला इन्टर कालेजकी छात्रा हाई स्कूलमा ९२.६६ अंक प्राप्त गरेकी हुन । लछमी बर्माले हाई स्कूलको परीक्षामा ९२.६६ प्रतिशत अंक ल्याएर जिल्लामा शीर्ष स्थान हासिल गरेकी छिन् ।
लछमीको बुवा बिजय बर्माले छोरी लक्ष्मीलाई जिल्ला बहराइच रईबौजामा स्थित मामा ओमप्रकाश वर्मा को घरबाट हाई स्कूल पढ़ाई गराएको बताए । मामा ओमप्रकाश वर्माले सहयोग गरेकोमा छोरी लछमीले राम्रो अंक प्राप्त गरेकी हुन लछमीका बुवा बिजय बर्मा ख़ुशी हुँदै सबैजनामा आभार प्रकट गरेका छन ।
लक्ष्मीले कडा परिश्रम पछि यो सम्भव भएको बताइन्, अगाडि निजामती सेवाको तयारीमा आगाड़ी जाने हो। साथै लछमी बर्मा मामा ओम प्रकाश र आफ्ना शिक्षकहरूलाई बधाई समेत दिएकी हुन,। लछमीकी आमाले पनि पढाउन प्रोत्साहन दिनुभएको र पढाइबाट कहिल्यै नरोक्ने लछमीले बताइन् ।
लछमी ले थप पढेर निजामती अफिसर बन्न चाहेको बताइन् । लछमीले अफिसर बनेर समाज सेवा गर्ने र समस्याले पिरोलिएका ग्रामीण जनतालाई सहयोग गर्ने इच्छा राखेकी छिन् । लछमी पढ्दै गर्दा घरको काम मईजू आमाले नै सम्हाल्नुहुन्थ्यो ।