काठमाडौं,वैशाख,१३गते।
हरेक पाँच वर्षमा नवीकरण हुँदै आएको चालक अनुमति पत्र (लाइसेन्स) अब १० वर्षमा नवीकरण हुने कानुनी प्रक्रिया अघि बढेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच वर्षको अवधि छिटो र झन्झटिलो पनि हुने भएकाले लाइसेन्स नवीकरण १० वर्षमा गर्ने कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् ।
हाल पाँचपाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएकाले १० वर्षमा नविकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको छ। ५ वर्षमा नवीकरण गर्नुपर्ने प्रावधानलाई बदलेर १० वर्षमा नविकरण गर्नुपर्ने व्यवस्था गर्दा नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत लोड कम हुने विश्वास लिइएको उनले जानकारी गराएका छन् ।
यस्तै, विगतदेखि पेचिलो बन्दै आएको एम्बोइस्ड नम्बर प्लेटको सन्दर्भमा नेपाली वा नेपाली–अंग्रेजी जुनसुकै भाषा प्रयोग गर्न सकिने पनि उनले बताए । उनले भने, ‘एम्बोइस्ड नम्बर प्लेटको सन्दर्भमा नेपाली, नेपाली–अंग्रेजी वा अंग्रेजी तीनै भाषामा छाप्न मिल्न गरी लेख्न सकिने बताए ।