काठमाडौँ,बैशाख,१०,गते।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फका रिक्त ३ सीटमा भएको उपनिर्वाचनको मतगणना आजै हुने भएको छ । बारा-२, चितवन-२,र तनहुँ-१ मा आइतवार भएको मतदानको गणना आजै साँझदेखि शुरू गर्ने तयारी भएको हो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार बारा- २ मा साँझ साढे ७ बजेसम्ममा मतपेटिका संकलन गरिसक्ने तयारी छ । त्यसलगत्तै प्रक्रिया पूरा गरेर गणना शुरू हुनेछ । मतपेटिका संकलन पूरा भईसके लगत्तै सर्वदलीय सहमतिपछि गणना शुरू गर्न निर्देशन दिइसकिएको छ,’ निर्वाचन आयोगका प्रमुख थपलियाले जनाइएको छ ।
त्यसैगरी चितवन- २ मा मतपेटिका संकलन गर्न राति ११ बज्न सक्ने हुनाले त्यसपछि मतगणना शुरू हुने उनले बताए । तनहुँ-१ मा भने देवघाटदेखिको मतपेटिका लैजान समय लाग्ने रहेको हुँदा राति १ नै बज्न सक्ने उनको भनाइ छ ।