मंसूर अली इद्रिशी
नेपालगंज,बैशाख,८,गते-इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद) को अवसरमा नेपालगंज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले शुभकामना सन्देश दिनुभएको छ । यस पर्वले नेपाली मुस्लिम समुदाय लगायत सम्पूर्ण नेपालीहरूमाझ पारस्परिक सद्भाव, मित्रता, एकता र धार्मिक सहिष्णुताको भावना अभिवृद्धि गर्न सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै यो पर्व उमङ्ग र हर्षोल्लासपुर्वक सम्पन्न होस भनी शुभेक्षा व्यक्त गर्दछौँ।
राईले शुभकामना संदेशमा ईदुउल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ । मुस्लिम धर्मावलंबीहरुको पर्व ईदउल फितर पर्वको अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
जनता समाजबादी पार्टी (जसपा) बाँकेका अध्यक्ष कमरुद्दीनराईले देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली हरूमा महत्त्वपूर्ण चाड ईदउल फितरको हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । नेपाल एक बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको र यहाँ मनाईने प्रत्येक चाडपर्व एवं परम्पराहरुको आ-आफ्नै विशिष्ठता र महत्व हुने भएकोले सम्पुर्ण जात-जाती र धर्मावलम्बीहरुका चाडपर्वहरु प्रति उच्च सम्मान गर्नु अपरिहार्य छ ।