मंसूर अली इद्रिशि
बाँके,वैशाख,६,गते-नेपालगञ्ज उपमहानगरपालिका-१७ का ३२ वर्षीये दुखी ठाकुर लाई एकताका लाग्थ्यो, कमाउन विदेश नै जानुपर्छ। धेरै साथी भाई अहिले पनि विदेशमा पसिना बगाइरहेछ । तर, ठाकुरले व्यवसाय थालेपछि उनको विदेश जाने भूत भाग्यो । जिल्ला बाँके नेपालगंज ,१७ परसपुर चौकमा आज घुमटीमा दुखी सैलुनमा ‘कपाल काटियो, जीवन जोडियो ।
एघार वर्ष अघि १९ वर्षको कलिलो उमेरमै उनी पैसा कमाउन भारत गएका थिए । तर, भनेजस्तो कमाउन सकेनन् । सँगै गएका साथीहरू छोडेर घर फर्किए । त्यसपछि पहाड़तिर गएर कमाउने सोच पलाएको थियो उनमा पनि । तर, विदेश गएकाहरूले पाएको अथाह दुःख सम्झेर गाउँमा हुँदा सिकेको कपाल काट्ने सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउन आफन्तले सुझाएपछि उनले १५ वर्षदेखि निरन्तर आफ्नै दुखी सैलुन व्यवसाय गरिरहेका छन् ।
पहिले मन नलाएरै थालेको कपाल काट्ने पेसा अहिले जीवन धान्ने माध्यम भएको छ । अहिले गर्वका साथ भन्छन्, ‘कमाउन विदेश नै जानुपर्छ अथवा यहाँ काम नै पाइँदैन भन्ने गलत हो । मेहनत गर्न सके सफलता एक दिन अवश्य हात लाग्छ ।हालको नेपालगंज उप महानगरपालिका-१७ , साबिकको परसपुर गाविसमा रहेको उनको सामान्य गाउँले दैनिकी निरन्तरको मेहनतको कारण फेरिएको छ । ८ कक्षा उत्तीर्ण गरेर अध्ययनलाई अधुरै छोड्न बाध्य ठाकुर अहिले आफ्ना दुवै छोरालाई परसपुरकै एक बोर्डिङ स्कुलमा पढाउँछन । जेठो छोरा कक्षा २ मा र कान्छो छोरा एलकेजीमा पढ्दै छन् ।
निरन्तर मेहनत गर्नेहरू जहाँ पनि सफल हुन्छन् भन्ने एउटा गतिलो उदाहरण हुन्- दुखी ठाकुर । सुरु देखिनै एउटा घुम्तीमा ग्राहकको कपालमा कैंची चलाउन सुरु गरेका थिए । उनलाई त्यो बेला यहाँसम्म आइपुगिएला जस्तो लागेको थिएन । निरन्तरको कर्मले अहिले उनको एउटा परिचय बनेको छ । उनलाई खोज्दै आउने ग्राहक कमाएका छन् । घर-परिवार सुखले चलेको छ।
उतिबेला कमाउन भारत गएको मान्छे साथीहरूसँगै उतै बरालिएको भए अथवा अरू झैं कमाउन भनेर पहाड़तिर लागेको भए पनि यति प्रगति गर्न सक्थिन“ जस्तो लाग्छ ठाकुरलाई । भन्छन्, ‘कमाउन विदेश गएकाहरूको हालत पनि मैले देखेको छु । पसिना बगाउने हो भने आफ्नै घरआँगनमा राम्रो गर्न सकिन्छ ।
दिनभरि उभिएर काम गर्नुपर्ने भएकाले ढाडमा केही समस्या आउला भनी डराए पनि अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या छैन । हातमा कैंची चलाउँदै पसलमा आउने ग्राहकले निकालेको प्रसंगमा कुरा थप्दै रमाइलो गफगाफसमेत गर्न रुचाउने दुखी ठाकुरले देशको राजनीतिमा पनि खुब चासो छ ।
यसैपनि उनका ग्राहक धेरैजसो सरकारी कर्मचारी र स्थानीय नेता धेरै छन् । यसकारण उनको पसल एउटा भेटघाट हुने डबलीजस्तो पनि भएको छ । घर-परिवारको दैनिक खर्च र आवश्यकता टार्दै गरिरहेको प्रगतिका कारण ठाकुरका घर—परिवार पनि खुसी छन् ।