चितवन,वैशाख,५,गते-गाईगोरूको तस्करी नियन्त्रण होइन झनै खुलेयाम चलिरहेको छ । पश्चिम र पश्चिमका पहाडी जिल्लाहरूबाट संकलन गरिएका गाईगोरू मकवानपुरको रातमाटे जंगलमा संकलन गरिन्छ । यसरी संकलन गरिएका गाईगोरू सेटिङ मिलाउंदै पूर्व तिर लैजाने गरिएको छ। मकवानपुरमा गाईगोरूको तस्करी गर्ने काम भीमबहादुर सुनार , उत्तम क्षेत्री र मकालु खांनले गर्दै आएका छन् । गाईगोरूको तस्करीको प्रहरीसंग सेटिङ मिलाउने काम भीमबहादुर सुनारले गर्ने गरेको समेत खुलेको छ । यो गिरोहले अन्य जिल्लाबाट पिकअपमा ल्याएर रातमाटेमा जम्मा गरि त्याहांबाटबाट ठूलाठूला ट्रकमा राखेर पूर्व लैजाने काम हुदै आएको छ ।
पोखरा लमजुङ , गोरखा , तनहुँ , चितवन मकवानपुरबाट गाईगोरूको तस्करी कागजी प्रक्रिया पुर्याएर तस्करी हुने गरेको खुलासा भएको छ । व्यवसायिक प्रयोजन भन्दै पोखरावाट तनहुँ , चितवन मकवानपुरबाट हेटौंडामा यी गाई गोरु लैजाने गरिएको छ । झापा पुर्याएपछि ती गाई गोरु सिधै वंगलादेश तस्करी गर्ने एउटा गिरोह नै फेला परेको छ । पालिकाका केही कर्मचारीले तस्करहरुसँग सेटिङ मिलाएर यिनै गाई गोरु तस्करी गर्दै आएको भेटिएको छ । पोखरा , लमजुङ , तनहुँ र गोरखावाट मासिक ५ ट्रक गाईगोरुको तस्करी हुने गरेको छ ।
तस्करहरुलाई गाई गोरु सेटिङ गरिदिए वापत यी कर्मचारीले तस्करहरुवाट मोटो रकम असुल्ने गरेका छन् ।तस्करीमा पशुसेवा कार्यालयको सेटिङ भेटिएको छ । उनै प्रेमवहादुरले महानगरका कर्मचारीको मिलेमतोमा गाउँमा रहेका गाई गोरु संकलन गरी तस्करहरुले गाई गोरु संकलन गरिदिए वापत विचौलियालाई पनि पैसा दिने गरेका छन् । पशु कार्यालयले गाई गोरु व्यवसायिक प्रयोजनको लागि भन्दै पत्र थमाउँने गरेको छ । तस्करहरुले प्रति गोरु ९ हजारदेखि १५ हजार सम्ममा खरिद गरेको वताए । यी गोरु झापा पुर्याउँदा एउटाको वोलेको ६० हजार पर्ने उनीहरुको भनाई छ । यसरी खरिद गरेको गाई गोरु एउटै ट्रकमा खाँदेर लैजाने र वंगलादेशमा मासु र छालाको रुपमा प्रयोजनमा आउने व्यापारीहरुले वताए ।
कृषि प्रयोजनका लागि भन्दै कपिलबस्तुको सीमा क्षेत्रबाट गाईगोरु तस्करी हुँदै आएको छ ।कपिलबस्तुस्थित चन्द्रौटादेखि पश्चिमको जंगल क्षेत्रबाट गाईगोरु तस्करी हुँदै आएको छ । सीमा क्षेत्रका जिल्लामा भारतबाट किसानका नाममा गोरु नेपाल ल्याइन्छ । सीमापारिबाट ल्याइएका गोरु हाट बजारबाट खरिद गरेको कागज बनाई तस्करी हुने गरेको छ । खासगरी पश्चिम तराईको बाँके, बर्दिया, कपिलबस्तु, दाङ लगायत र पूर्व तराईको झापा, इलाम र सर्लाहीलगायत क्षेत्रमा गोरु तस्करी ज्यादा हुन्छ । तस्करले नेपाली गाउँमै डुलेर पनि गाई संकलन गर्छन् ।
कृषि प्रयोजनका लागि भन्दै भारतबाट ल्याइएका र नेपालमा संकलन भएका गोरुलाई तस्करले चराउने बहानामा जंगल क्षेत्र लैजान्छन् । जंगलक्षेत्रबाटै गोरु भारत निकासी हुन्छ ।भारतहुँदै गाईगोरु बंगलादेश पठाइन्छ । खासगरी बंगलादेशमा मासुका लागि गाइगोरु अवैध निकासी हुन्छ । कानुनतः भारतबाट नेपालमा गाइगोरी ल्याउनै पइदैन । गोरु तस्करीमा प्रहरीदेखि स्थानीय प्रशासनको समेत मिलेमतो हुने गरेको छ । तस्करले पैसा खुवाएर रोगी र बुढा गोरुलाई समेत स्वस्थ्य भएको प्रमाणित गर्न लगाउँछन् । पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा गोरु तस्करी बढेको छ । विगतदेखि नै गोरु तस्करी भइरहेको न्यूज सार्वजनिक भए पनि नियन्त्रणका लागि गरिएको सरकारी प्रयास असफल छ ।
मासुको प्रयोजनका लागि गोरुको अवैध कारोबार भएको प्रमाणित भइसक्दा पनि प्रहरी प्रशासनले आवश्यक कदम चालेको छैन । यसले तस्कर–प्रहरी मिलेमतो भएको शंका बढेको छ ।गाईगोरु तस्करी बढेको तथ्य सार्वजनिक भइरहँदा पनि सरकारी स्तरबाट नियन्त्रणको प्रयास प्रभावकारी भएको छैन ।भारतीय क्षेत्रमा गोरुको मासुमा प्रतिबन्ध लागेपछि नेपाली बाटो हुँदै विभिन्न देशमा गोरु तस्करी हुन थालेको हो । खासगरी मासुको प्रयोजनका लागि बंगलादेश र भुटानमा गोरु निकासी हुने गरेको छ ।
भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि भएको प्रशासनिक फेरबदलका कारण गोरुको तस्करी बढेको हो । भारतीय क्षेत्रमा संरक्षण गर्न नसकेर छाडा रहेका चौपायालाई तस्करले शिकार बनाउँदै अवैध बाटो भएर बंग्लादेश र भूटानसम्म पु¥याउने गरेका छन् । जसका लागि उनीहरुले नेपालको बाटो प्रयोग गर्ने गरेका छन् ।सीमा क्षेत्रमा मात्रै हो्इन, पहाडि जिल्लाहरुबाट गोरु संकलन हु्रन्छ र प्रशासनकै मिलेमतोमा गोरु निकासी हुन्छ । नेपालमा पनि गाईगोरुको मासु प्रतिबन्धित छ ।
नेपालमा गोवध प्रतिबन्धित छ। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ( २७ मा पशुपक्षीसम्बन्धी कसुरबारे उल्लेख छ।उक्त संहिताको दफा २८९ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याीउने नियतले कुनै काम गर्नु वा गराउनुहुँदैन। त्यस्तो काम कारबाहीबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ। गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पार्ने व्यक्तिलाई छ महिनासम्म कैद र अन्य चोट पुर्यामएमा ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।
उक्त कानुनले पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामर्थ्यभन्दाबढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न दिँदैन। त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।
पशु ढुवानी मापदण्ड, २०६४ ले चौपाया ढुवानी गर्दा के गर्नुहुन्छ के गर्नुहुँदैन त्यो तोकेको छ।ढुवानी गर्दा पशुलाई कुनै किसिमको पीडा हुनु नहुने र हुने अवस्था सिर्जना हुन गएमा पशुप्रति असावधानी व्यवहार भएको ठहरिने व्यवस्था उक्त मापदण्डले गरेको छ।मापदण्डले ढुवानी गर्दा पशुलाई गाडीमा अस्वाभाविक रूपमा शरीर, नाकेडोरी, पुच्छर वा खुट्टा बाध्नु नहुने तथा कोचेर राख्नु नहुने स्पष्ट रूपमा खुलाइएको छ।आन्तरिक ओसारपसार गरिने पशुको स्वास्थ्य जाँचको प्रमाणपत्र हुनुपर्ने, आकस्मिक उपचारको लागि प्राथमिक उपचार सामग्री ढुवानी साधनमा रहनुपर्ने, प्रत्येक गाडीमा पशु पठाउने र पाउनेको नाम, ठेगाना, पशुको जात तथा सङ्ख्याको विवरण प्रष्ट देखिनेगरी टाँसिएको हुनुपर्ने, पशु लोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय, पशु पाउने पक्षलाई अग्रीम जानकारी गराउनुपर्ने व्यवस्था छ।
साभार-नव जनप्रहारबाट