नशीर,अहमद,लखनऊ,
बैशाख,३,गते–भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतीक अहमद र उनका भाइ अशरफको हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी हिरासतमा रहेका उनको हत्या भएको हो । बयानका लागि प्रयागराज ल्याइएका दुवैको मेडिकल जाँच गराउन अस्पताल लैजाने क्रममा अकस्मात हमला भएर हत्या गरिएको हो ।
विधायक राजू पालको हत्या आरोपमा दुवै जना प्रहरी हिरासतमा थिए । बिहीवार यूपी पुलिसले अतीक अहमदका छोरा असद र उनका साथी गुलामलाई इन्काउन्टरमा मारेको थियो । यी घटनाक्रमले शान्ति सुरक्षामा खलल पुग्ने देखेपछि प्रदेश सरकारले उत्तर प्रदेशभर धारा १४४ लागू गरेको छ । १४४ लागू भएपछि ५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन पाउँदैनन् ।
मुख्यमन्त्री योगी आदित्यनाथले सुरक्षाकर्मीलाई सतर्कता अपनाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्यालयको आदेशमा भनिएको छ, ‘प्रदेशमा शान्ति व्यवस्था कायम हुनुपर्यो । यसमा सबै प्रदेशवासीको सहयोग चाहिन्छ ।