- बारा,बैशाख.२,गते ।
प्रमोद गुप्ता–राजनीतिक समिति सदस्य, जनता समाजवादी पार्टी नेपाल
बारा–२ मा बैशाख १० गते भइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपाललगायत अन्य दलहरु भाग लिएका छन् । त्यहाँ जति दलले उम्मेदवारी दिएपनि समाजिक सञ्जालदेखि मिडियामा सिर्फ जसपा र जनमत पार्टीको मात्र चर्चा छ । जसपाका अध्यक्ष उपेन्द्र यादव त्यहाँ उम्मेदवारी दिनुभएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले शिवचन्द्र कुशावाहालाई उठाउनु भएको छ । कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रस्तुत छ, बारा निवासी एवं जसपाका राजनीतिक समिति सदस्य प्रमोद गुप्तासँग त्यहाँको उपनिर्वाचनको बारेमा गरिएको कुराकानीको सम्पादीत अंश
अहिले तपाईहरु बारा–२ को चुनावमा होमिनु भएको छ, कस्तो अवस्था पाउनु भएको छ त्यहाँ ?
–हो बारा–२ मा उपचुनाव हुँदैछ, बारावासीका लागि सुखद र गौरवपूर्ण अवस्था हो । बारावासीले उपराष्ट्रपति पाएको छ, मुख्यमन्त्री पाएको छ । र, त्यसलगतै राष्ट्रिय तथा अन्तराष्ट्रिय छवी बनाउनु भएका, संघीयता र गणतन्त्रका लागि लड्नु भएका, मधेशलाई विश्वमा चिनाउनु भएका, मधेश मुक्तिका लागि अझै लडि रहनु भएका जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव पनि बारा–२ को उपचुनावमा भाग लिनुभएको छ । त्यो बारावासीको लागि सौभाग्यको कुरा हो यसमा हामी गर्व गर्नुपर्छ । जनता उत्साहित छन् । उपेन्द्र यादवलाई जिताउनका लागि तयार भइसकेका छन् । जनताले भन्न थालेका छन् अहिले मत लिनुहुन्छ भने लिनुस् हातमै दिन्छौं । त्यसैले अवस्था धेरै नै राम्रो छ । मिडिया र समाजिक सञ्जालमा अरु अरु पार्टीहरु पनि कुदफान (दौडधुप) मात्र गरिरहेका छन् ।
जसपा पार्टीको कुन दलसँग प्रतिस्पर्धा छ त ?
–सिधा कुरा भन्ने हो भने हाम्रो प्रतिस्पर्धा कसैसँग, कुनै पनि दलसँग छैन तर चुनाव हो यो प्रतिस्पर्धाको खेल हो । चुनाव हुन्छ, प्रकृयामा जान्छ मतगणना गरेर व्यक्ति चयन हुन्छ त्यसैले प्रतिस्पर्धा छ भनि मान्नै पर्छ । हामीले हाम्रो प्रतिस्पर्धी एमालेलाई देखेका छौं । थोरै मत भएपनि एमाले मात्र हो जसपाको प्रतिस्पर्धी । उपचुनावमा भाग लिएका अरु कुनै पनि दलसँग मत छैन । काँग्रेस, माओवादी, नेकपा ९एस०ले जसपाका उम्मेदवार उपेन्द्र यादवलाई नै सघाएका छन् । त्यसबाहेक अलिकति मत छन् भने एमालेसँग मात्र छन् । त्यो दलसँग मात्र हाम्रो प्रतिस्पर्धा हुन्छ ।
मिडिया र समाजिक सञ्जाल हेर्दा त जसपा र जनमत पार्टीबीच ठूलो टक्कर रहेको देखिन्छ त्यो कसरी ?
–हो, जनमत पार्टी समाजिक सञ्जाल र मिडियामा मात्र देखिएका छन् । जनमत पार्टीले सारा शक्ति त्यसैमा लगाएको छ । त्यो पार्टीको दौडधुप लहकछहक बढी देखिएका छन् । दिनभर सिके राउत घुमिरहनु हुन्छ तर उहाँका पछाडि हिड्ने कार्यकर्ता पनि बाराका छैनन् । शिवचन्द्र कुशवाहाका अगाडि पछाडी गर्ने पनि बाराका होइनन् । जनमत पार्टीलाई बुथमा राख्ने मान्छे पनि भेट्दैन । तर एउटा कुरा मान्छु जनमत पार्टी र सिके राउत समाजिक सञ्जालमा खुब जम्नु भएको छ । तर मत समाजिक सञ्जालले खसाउँदैनन् नि । मत त बारा–२ का मतदाताले खसाउने हो नि ।
बारा–२ मा पस्ने बित्तिकै जनमत पार्टीका अध्यक्ष सिके राउतले भन्नुभयो, ‘बारामा कोइ माइका लाल छैन कि चुनाव लडोस्’ । उपेन्द्र यादव नै किन यहाँ चुनाव लड्न आउनु पर्यो, के बारा–२ मा जसपाका कोही उम्मेदवार थिएनन् ।सिके राउतजीले जुन माइका लाल शब्द प्रयोग गर्नुभएको छ । त्यो शब्द बाराका एक जना बच्चाले पनि मन पराएको छैन । त्यो घोर आपत्तिजनक शब्द हो बारावासीका लागि । सबैलाई अनफिट लागेको छ । सिके राउतको बोलीमा लगाम छैन भनि बाराका जनताले थाह पाइसके । अर्को कुरा, आज बाहिरबाट आएर उपेन्द्र यादवले मात्र चुनाव लड्नु भएको छैन । यसअघि काँग्रेसबाट पनि पटक पटक बाहिरबाट आएर चुनाव लडेर जितेका हुन् । त्यसको बारेमा सिके राउत कहिले बोल्नु भएन, कहिले अवाज उठाउनु भएन तर उपेन्द्र यादव सबै प्रकृया पुरा गरेर विधिसंवत ढंगले उपनिर्वाचनमा भाग लिनुभएको छ ।
माइकालाल, धर्तीपुत्र, बहरिया जस्ता शब्द प्रयोग गर्ने कुनै आवश्यकता नै थिएन । यो आरजकता हो, जनतालाई भड्काउने, भ्रममा राख्ने काम हो यो । राजनीतिमा हारजीत आफ्नो ठाउँको कुरा हो तर मित्रवत प्रतिस्पर्धा हुनुपर्छ । जनता जसलाई मन पराउँछ, त्यसैले जित्ने हो । तर यो प्रकारको बोल्ने शैली, प्रचार समाग्री बनाउनु हुँदैन । चुनावको प्रतिस्पर्धी, मित्रवत प्रतिस्पर्धी स्विकार गर्दै मैदानमा रहनुपर्छ । कसैलाई होच्याउने, गाली गर्ने, विभिन्न नाम राख्ने काम जिम्मेवार राजनीतिक दलका नेताको होइन । हो, मञ्चमा भाषण दिनुपर्छ तर राजनीतिक र सैद्धान्तिक कुरा गर्नुपर्छ । विचार र तथ्यले एक अर्काको मत काट्नु पर्छ । मत तान्नुपर्छ तर सिके राउतको यो तरिका ठिक होइन यो कुरा जनताले पनि भन्न थालेका छन् ।
त्यसो भए उहाँले गर्दा आज कुन भ्रष्टाचारी पक्राउ परे, कसलाई कारवाही गराउनु भयो, भ्रष्टाचार कहाँ कम भयो, उहाँका कारण कुन युवाले रोजगारी पाएका छन् रु एउटा पनि उदाहरण होला नि । कहिले आफ्नै सेनाका लागि भन्दै विज्ञान गर्नुभयो । कहिले रोजगारी दिन्छु भनि मधेशबाट नाम संकलन गर्नुभयो कहिले आफ्नै पार्टी कार्यालयमा रोजगारी दिन्छु भनि विज्ञापन गर्नुभयो आजसम्म एकजनालाई पनि कतै रोजगारीमा राख्नु भएको सुन्नु भएको छ ।
चुनाव हारेको पाँच महिना भएको छ । जनताले एक पटक हराई सकेपछि एक कार्यकाल अर्थात पाँच वर्ष जनताको सेवा गरेर बस्नुपथ्र्यो चुनावै लड्ने आवश्यकता किन पर्यो उपेन्द्र यादवलाई ।मलाई लाग्छ अहिलेको संसद मधेशविहन भएको छ । मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारुको कुरा उठाउने त्यहाँ कोही भएन । प्रचण्ड, केपी शर्मा अोली, शेरबहादुर देउवासँग आँखामा आँखा जुधाएर बोल्ने एक जना व्यक्ति उपेन्द्र यादव मात्र हुनुहुन्छ । नीति निर्माण तहमा मधेशको कुरा लगि दिने व्यक्ति उपेन्द्र यादव मात्र हुनुहुन्छ । मधेशका थुप्रै नेता संसदमा छन् । सबैको त्यो हैसियत पुग्दैन ।
राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने व्यक्ति हुनुहुन्छ उहाँ । उपेन्द्र यादवमा त्यो क्षमता नभएको भए आज उपराष्ट्रपति र मुख्यमन्त्री पाउनु हुन्थेन । उपेन्द्र यादवको क्षमता र कौशलता देखेर नै दिएको होला नि । उपेन्द्र यादवलाई जिताउनका लागि काँग्रेस, माओवादी, नेकपा ९एस०, लोसपा जीउ ज्यान लगाई सकेका छन्, त्यो त उपेन्द्र यादवको क्षमता देखेर नै त्यस्तो गरेका होलान् नि । त्यसैले उपेन्द्र यादव संसदका लागि आवश्यक व्यक्ति हुनुहुन्छ त्यही भएर उहाँ बाध्य भएर चुनाव लड्नु भएको हो।
के उहाँ जस्तो नेता बारा–२ मा जसपामा कोही छैनन् त ?
–नेताहरु धेरै छन् सब एक से एक हुनुहुन्छ, सबैको आआफ्नो क्षमता छन् । तर उपेन्द्र यादवमा जे क्षमता छ त्यो अरुमा छैन जस्तो मलाई लाग्छ । त्यही भएर ती सबै नेताले उपेन्द्र यादवलाई जिताउनका लागि बारा बोलाउनु भएको हो । उपेन्द्र यादवजी त्यतिकै यहाँ आउनु भएको होइन । उहाँ आउन चाहनु नै भएको थिएन । बाराका जनता र नेताले उहाँलाई यहाँ आउन भनेको कारणले नै उहाँ यहाँ आउनु भएको हो । बाराका जनता आज मात्र होइन, मंसिर १० गते भएको चुनावमा पनि बाराबाट चुनाव लड्न विशेष आग्रह गरेको थियो ।
अहिले फेरि त्यो मौका आयो र हामीले उहाँलाई बोलाएर ल्यायौं । उहाँको जस्तो क्षमता, कौशलता, बौद्धिककता कमै नेतामा छन् । त्यो बारामा मात्र होइन राष्ट्रिय स्तरमा उपेन्द्र यादव जस्तो क्षमतावान नेता छैन । त्यही भएर उहाँ जस्तो नेता संसद र सडक दुवैमा चाहिन्छ ।तपाईका प्रतिपक्षी जनमत पार्टीका अध्यक्ष सिके राउतले त २०६४ देखि २०७९ को माघ–फागुनसम्म उपेन्द्र यादव संसदमा लगातार रहनु भयो मधेशका लागि के गर्नुभयो भनि आरोप लगाइ रहनु भएको छ, त्यस्तो किन?
–आज सिके राउतले मधेशमा जसरी शानले बोलिरहनु भएको छ, हिडि रहनु भएको छ, आफ्नो कुरा राख्न पाउनु भएको छ त्यो सबै उपेन्द्र यादवको देन हो । उपेन्द्र यादवले बनाउनु भएको मधेशमा सिके राउत आउनु भएको हो । उपेन्द्र यादवले लडेर ल्याउनु भएको संघीयतामा उहाँले अहिले भाग खोज्नु भएको छ । उपेन्द्र यादवले ल्याउनु भएको समानुपातिक समावेशी प्रणालीको आधारमा अहिले उहाँले आफ्नो दाजु जयकान्त राउतलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाउन पाउनु भएको छ । उपेन्द्र यादवले बनाउनु भएको प्रदेशमा सिके राउतले आफ्नो भाउजुलाई प्रदेश सांसद र उपसभामुख बनाउन पाउनु भएको छ।
उहाँले नेपाललाई टुक्रयाउन, नेपालबाट मधेशलाई अलग गर्नका लागि अमेरिकाबाट नेपाल आउनु भएको होइन रु नेपाल आमालाई बेश्या भन्ने शब्द उहाँले प्रयोग गर्नुभएको होइन रु संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्रलाई संस्थागत गर्न भइरहेको चुनावलाई उहाँले बहिष्कार गर्नुभएको होइन रु कोठलीबाहर मतको अभियान चलाएर चुनावमा मधेशलाई कमजोर बनाउने काम उहाँले गर्नुभएको होइन रु त्यसैले आज सिके राउतले उपेन्द्र यादवलाई यत्रो दिन संसदमा रहेर के गर्नुभयो भनि प्रश्न गर्ने अधिकार छैन । जनताले उहाँलाई नै सोध्न थालेका छन् ‘तपाई अमेरिकाबाट नेपाल आएर आन्दोलन गर्नुभयो मधेशका लागि के गर्नुभयो रु’ सिके राउतले यसको जवाफ दिनुपर्छ ।
सिके राउतले म किसानका लागि लडे, भ्रष्टाचारीको विरुद्धमा लडे, मधेशको मुक्तिका लागि लडे, युवाको रोजगारीका लागि लडे भनि भाषण तपाईकै बारामा नै भाषण दिइरहनु भएको छ अनि उहाँले केही गर्नुभएको छैन भनि तपाई कसरी भन्नुहुन्छ रु
–त्यसो भए किसानका लागि उहाँले के गर्नुभएको छ, किसानले के पाएका छन् केही उदाहरण त होला नि । उहाँले भ्रष्टाचारी विरुद्धमा आन्दोलन गर्नुभयो रे, त्यसो भए उहाँले गर्दा आज कुन भ्रष्टाचारी पक्राउ परे, कसलाई कारवाही गराउनु भयो, भ्रष्टाचार कहाँ कम भयो, उहाँका कारण कुन युवाले रोजगारी पाएका छन् रु एउटा पनि उदाहरण होला नि । कहिले आफ्नै सेनाका लागि भन्दै विज्ञान गर्नुभयो । कहिले रोजगारी दिन्छु भनि मधेशबाट नाम संकलन गर्नुभयो कहिले आफ्नै पार्टी कार्यालयमा रोजगारी दिन्छु भनि विज्ञापन गर्नुभयो आजसम्म एकजनालाई पनि कतै रोजगारीमा राख्नु भएको सुन्नु भएको छ रु बरु अहिले उहाँले बनाउनु भएको मन्त्री र सांसदहरुको निजी सचिवालयमा उहाँले आफ्नै आफन्तहरुलाई राख्नुभएको छ । त्यसैले छोड्दिनु त्यस्तो बकमफुँसे कुरा ।
राजनीतिमा धेरै आए, धेरै गए तर उहाँ जतिको बकमफुसे र ठग नेता कोही आएनन् । उहाँले जनताको मन जितेर ठगि रहनु भएको छ । जुन दिन जनताले यो कुरा थाह पाउछन् त्यतिबेला धेरै कुरा खराब भइसकेका हुन्छन् । त्यस्ता ठग र नौटङ्कीवाजबाट मधेशलाई बचाउनु छ । उहाँका कारण संघीय लोकतन्त्र खतरामा छ ।
कसरी ?
–संघीय लोकतान्त्रिक गणतन्त्र उहाँको एजेण्डा नै होइन । नपत्याए तपाई उहाँका पार्टीका दस्तावेजहरु हेर्नुस् । कही स्पष्टता पाउनु हुन्न । उहाँ यो गणतन्त्रप्रति स्पष्ट हुनुहुन्न । उहाँले दिने मञ्चका भाषणहरु सुन्नुस् कहिले पनि गणतन्त्र र संघीयताको पक्षमा बोल्नु भएको छैन । उहाँ अरु देशका पालित पोषित नेता हुनुहुन्छ । उहाँ अरु देशको एजेण्डामा काम गरिरहनु भएको छ । अहिले उहाँले मधेशी जनतालाई भ्रममा पार्ने काम मात्र गरिरहनु भएको छ अरु केही गर्नुभएको छैन ।
तपाईले अघि भन्नुभयो, जसपाको प्रतिस्पर्धा एमालेसँग मात्र छ एमालेलाई मधेशमा बलियो बनाउने काम तपाईहरुकै पार्टीले गरेको हो नि ?
–जसपाले कसैलाई बलियो वा कमजोर बनाउने काम गरेको छैन । जसपा जहिले पनि आफ्नो मिसनमा काम गरेको हो । मधेशी जनताको कल्याणका लागि काम गरेको हो । मधेशको विकास र समृद्धिका लागि काम गरेको हो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी बलियो बनाउने त्यसका लागि काम गरेको हो ।
तपाईहरु यो उपचुनावमा मतदाता समक्ष के एजेण्डा लिएर जानुभएको छ ?
–पहिलो कुरा त यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ, कसरी अझ सुनिश्चित गर्न सकिन्छ त्यसका लागि जसपाले काम गर्छ गरिरहेको छ त्यसको प्रतिवद्धतासहित हामी जनतामा गएका छौं । संविधानमा समानुपातिक समावेशीको कुरा भएपनि त्यो पूर्ण रुपमा कार्यान्वयनमा गएको छैन । त्यसलाई कसरी कार्यान्वयनमा लैजाने त्यसको लागि जसपाले गम्भीर रुपमा काम गरेको छ । देशको हरेक निकायमा अहिले पनि मधेशीले पहुँच पाएको छैन । त्यहाँसम्म मधेशीलाई कसरी पुर्याउने त्यसको बारेमा पनि जसपा हरहमेशा काम गरिरहेको छ आउने दिनमा कसरी अझ सशक्त रुपमा यो कुरालाई उठाउने त्यो प्रतिवद्धता पनि गरेको छ ।
नेपाल देशको मधेशको राजस्वबाट चलेको छ तर देशले मधेशलाई त्यसवापत केही पनि दिएको छैन । मधेशबाट उठ्ने राजस्वको फिफटी पर्सेन्ट मधेशमै खर्च हुनुपर्छ । अर्थात मधेशको विकासे खर्चमा वृद्धि गर्नुपर्छ । मधेशका छोराछोरीलाई मधेशमै उच्च शिक्षा हासिल गर्ने वतावरण तयार गर्नुपर्छ । मधेशी जनतालाई मधेशमै उपचार गराउने व्यवस्था गर्नुपर्छ । मधेशको मेरुदण्ड कृषि हो, कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायीकरण गर्नुपर्छ ।
कृषिका ठूला ठूला उद्योग सञ्चालन गर्नुपर्छ । सामुहिक तथा चकलाबन्दीको आधारमा खेती हुनुपर्छ । किसानका लागि मल, बीउ र सिँचाईको सुनिश्चितता हुनुपर्छ लगायतका एजेण्डा लिएर हामी जनता समक्ष गएका छौं । बारा–२ नम्बर क्षेत्र निकै पिछडिएको क्षेत्र हो । त्यसलाई कसरी समृद्ध बनाउने, त्यहाँ जनताले शिक्षा, स्वास्थ्य, सडकलगायतका सुविधा कसरी सुलभ रुपले पाउने ती सबै कुराका लागि हामी प्रतिवद्ध छौं र जसपाले यी सबै काम गर्छ र गरिरहेको छ ।सहारा टाइम्सबाट