सप्तरी,चैत्र,२०,गते-प्रहरीले जनमत पार्टीका केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी रहेका छन् । मधेसीलाई मिटरब्याज उठाएको आरोपमा सप्तरीको राजविराजबाट पक्राउ गरिएको हो ।
मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन्। सरकारले पीडितसँग पाँचबुँदे सहमति गरेको अर्को दिन सप्तरी प्रहरीले मधेसीलाई पक्राउ गरेका हुन् । साथै मिटरब्याजीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने आवाज प्रतिनिधिसभामा उठेको थियो ।