नेपालगंज,चैत,१६ गते-डा.सिके राउत नेतृत्वको जनमत पार्टी बाँकेले नगर इंचार्ज शुभम गुप्तालाई कारवाही गरेको छ । जनमत पार्टी बाँके जिल्ला इंचार्ज पहलाद अहिर (यादव) ले जनमत पार्टीको कुनै अधिकारीपद नरहने गरी बिभिन्न किरियाक्लापमा संलग्न रहेको आरोप लगाएको पहलाद अहिरको प्रेस विज्ञप्तिमा उल्लेख गरीएको छ ।
मिति २०७९/१२/१५ गते जनमत पार्टी बाँकेको सचिवालयको बैठकले जनमत पार्टी बाँकेको नगर इंचार्ज शुभम गुप्तालाई कारवाही गरेको छ । साथै नेता र कार्यकर्ताहरूलाई अनुशासित र मर्यादित बनाउन हाई कमान्डको निर्देसन अनुसार अविलम्ब कारबाही गरिने संयन्त्र निर्माण गर्ने विषयमा समेत छलफल भएको जनमत पार्टी बाँके जिल्ला इन्चार्ज पहलाद अहिरले लिमरा खबरलाई बताए ।