सुरेश यादव,
नवलपरासी,चैत,१६,गते-पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ४ बैरवा स्थित बाघको आक्रमणबाट दुई जना गम्भीर घाईते भएका छन् । आज बिहान करिव ६ बजेको समयमा बैरवाको आपँ र बासघारीको बगैंचा बाघले एक्कासि आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट बैरवा निवासी ४५ वर्षिय गजेन्द्र कोईरी र पाल्हिनन्दन ६ लङ्डीपाकड बस्ने १८ वर्षिय सम्पत भर घाईते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो । कोईरीको मुख,नाक र ओठमा चोट लागेको छ भने भरको खुट्टामा चोट लागेको र दुवै जनाको अवस्था सामान्य रहेको सुचना अधिकारी पाण्डेले बताउनुभयो ।
घाईतेहरुको पाल्हिनन्दन अस्पताल लोहरौलीमा उपचार भईरहेको छ भने बाघ अहिलेसम्म सोही बगैंचामा लुकेर बसेकाले वन कार्यालयका प्राबिधिक टोलीले नियन्त्रणमा लिनको लागि घटनास्थल तर्फ पुगि सकेको भए पनि अहिले सम्म बाघ नियन्त्रण आउन नसकेको सुचना अधिकारी पाण्डे जानकारी दिनुभयो ।