नेपालगंज,चैत,१६,गते।
बाँके जानकी गाउँपालिका वडा नम्बर १ स्थित पचपोखरा सिमानाकाबाट ठूलो मात्रामा तस्करी शुरू भएको छ । स्थानिये तस्कर तवशिफ़को कमांड्मा सशस्त्र प्रहरी भन्सार स्थित बंदरगाह बिओपीका अउट पोस्टमा खटीएका सशस्त्र प्रहरी जवानको संरक्षणमा खुलेयाम विषादी फलफूलको अवैध तस्करी भैरहेको स्थानीय श्रोतको दाबी छ ।
विषादी फलफूलको अवैध तस्करी प्रहरीको संरक्षणमा भईरहेको स्थानीयको भनाई छ ।, कपडा , हाडबेयर, गुटका ,सुर्तीको पनि तस्करी गरिरहेका छन् । तस्कर तवशिफ़ले मोटरसाइकल up.४०.z/३४३८ नंबर कालो सुपर स्पलेंडर, भे.५ प/३३५३ साईन र कालो पल्सर up.४०.a/p.५२१२ तिनवटा मोटरसाइकल,५ वटा साइकलबाट भन्सार राजश्व छली दैनिक लाखों लाखको अवैध सामाग्री भित्र्याउने गरेका छन् ।
साईगाउँ प्रहरी चौकीले फागुन,२८,गते जानकी गाउँ पालिका वडा नम्बर १ साईगाउँ नजिकैबाट १२ कुंटल विषादी फलफूल अवैध सामान बरामद गरेको थियो चौकीका इंचार्ज चौधरीको कमाण्ड खटिएको टोलीले एक लाख रूपैयाँ बराबरको सामान बरामद गरी भन्सार पठाइएको थियो । साईगाउँ प्रहरी चौकीले भारतबाट हुने तस्करीमा कडाइ गरिएको समेत जानकारी दिएको छ ।
प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि बाँकेको राधापुर, साईगाउँ,शिवपरी,थुकेला,पचपोखरा, जैसपुर नाकाबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको हो। सीमानाकामा बसेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र सादा पोशाकमा खटाइएका प्रहरीहरू दिनभरि तस्करीको सामान नियन्त्रन गर्नुभन्दा पनि संरक्षणगरि तस्करको गोदामसम्म पुर्याउने गरेको आरोप छ । ‘प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सीमानाकाबाट वारपार गर्न सम्भव छ । प्रहरीको आँखा अगाडिबाटै सीमानाकाकाको विभिन्न बाटो प्रयोग गरि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार हुने गरेको छ,’ स्थानीयले बताए ।
चर्चित तस्कर तवशिफ़ कातियाले आउत,जाउतका लागि चारसय रुपैयाँ मोबाईल रिचार्ज खर्च डिउटीमा रहेका सशस्त्र प्रहरी, नेपाल प्रहरी लाई रकम बुझाउने गरेको नाम नाछप्ने सर्तमा एक तस्करले लिमरा खबरलाई बताए । यसरी नेपाल भित्राएको विषादी फलफूल नेपालगंज परसपुरमा रहेको गोदाममा राखी त्यसपछि अन्यत्र पठाउने गरिएको खुलेको छ । तस्करीका लागि तवशिफ़ र कातियाले ५ वटा मोटरसाइकल र ७ वटा साइकलवालालाई प्रयोग गरेका छन् ।
प्रत्येक मोटर साइकल र साइकलवालालाई एक पटकको एक हजार रूपैयाँको दरले रकम दिएर विषादी फलफूल आटो,पार्ट,बैट्री, तस्करी हुदै आएको छ । एउटा मोटर साइकलले एक पटकमा झण्डै एक लाखको समान ल्याउने गरिरहेका छन् । यसरी सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङ र संरक्षणमा जैसपुर पचपोखरा तथा साईगाउँ सिमानाकाबाट खुलेयाम तस्करी भैरहेको छ ।
सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि तस्करहरुले सामान ढुवानी सुरु गर्छन । यस सम्बन्धमा सीमामा रहेका सशस्त्र प्रहरी बल नेपाल प्रहरीको आउट पोस्टमा खटीएका प्रहरीहरुको संलग्नतामा दैनिक लाखौँ लाखको तस्करी भइरहेको श्रोतको दाबी छ । यसप्रति प्रहरी गम्भीर नबन्नु तथा थोरै सामान रहेको भन्दै पन्छिन खोज्नुले स्थानीयले मिलोमतोको आशंका गरेका छन् ।