भैरहवा,चैत,१२,गते।
रूपन्देहीका नाका तस्करहरूका लागि अहिले हब बनेको छ । एकातिर गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले लिएको कारण उनले निगरानी गर्न नसक्ने अवस्था र अर्कोतर्फ नेपाल प्रहरीका महानिरीक्षकको ३० बर्षे पदावधि सकिन लागेको अनि लुम्बिनी प्रदेशमा खटिएका डिआइजी टेक प्रसाद राई एआइजीमा बढुवा भएसंगै संगठनको नेतृत्व तह चलायमान भएको कारण पनि रूपन्देहीका नाकाबाट यतिबेला तस्करीको लाइन व्यापक चलेको छ ।
यस भन्दा पहिले जिल्ला प्रहरी कार्यालयमा घुमुवा रहेका रहेका असई कमल भट्टराई अहिले बसपार्कमा स्थित चौकीमा प्रमुख छन् । उनी जिल्लाको घुमुवा हुने त्यसपछि सीमावर्ती तस्करी हुने नाकाको प्रमुख हुने फेरि जिल्लाको घुमुवा हुने क्रम निरन्तर चलिरहेको छ। मेउडिहवा चौकी देखि जिल्ला घुमुवा हुदां रूपन्देहीका व्यापारी र तस्कर नचिन्ने कुरा नै भएन । त्यसमाथि कमल भट्टराई विगत ८÷९ बर्ष देखि रूपन्देहीमा नै कार्यरत छन् ।
पहाडी गाउँबाट झरेका सिपाहीमा जागिर खाएका भट्टराईले रूपन्देहीमा घुमुवा र तस्करी हुने नाका बसेकै कारण त बुटवलमा सुबिधाजन्य घर मात्रै बनाएका छैनन् कि बा ५ च नम्बरको गाडी समेत किनेर घुमुवाको कमाईको रवाफ र सान पनि देखाएका छन् । यसभन्दा अघिल्ला एसपी रबिन्द्र रेग्मीले घुमुवा राखेर सरूवा भई जांदा उनलाई बसपार्कको प्रमुखमा पठाएर गएका थिए । बसपार्क जानुअघि असई कमल भट्टराई प्रहरी चौकी मेउडिहवा हुदां उक्त नाकाबाट व्यापक तस्करी चलाएका पनि थिए । मेउडिहवा तस्करीको नाकाका रूपमा चर्चित छ । त्याहां जाने असईले टेण्डर हालेर जाने मौखिक स्थायी आदेश नै बनिसकेको छ ।
मेउडिहवा नाकाबाट फर्केर जिल्लामा घुमुवा भए पछि मासिक रकम नदिएको भनी किराना सामानको तस्करी गर्ने तस्करहरू अकबर र बाबुसापलाई पक्राउ गरि अभद्र व्यवहारमा मुद्दा चलाउने काम असई भट्टराईले गर्न समेत लगाए । यी दुबै तस्करले मेउडिहवा प्रहरी चौकीको प्रमुखलाई मासिक १५÷ १५ हजार रूपैयाँ दिने गरेको समेत उनीहरूले नै सार्वजनिक गरेपछि बाहिर आयो । यसबाहेक जिल्ला एसपीलाई मासिक ५० र डिएसपीलाई मासिक ३० हजार दिने गरेको र उक्त रकम सोही मेउडिहवा चौकीका असईले विगत देखि नै बुझ्ने गरेको पनि उनीहरूले सार्वजनिक गरेका छन् ।
असई भट्टराईले व्यापारी देखि तस्करहरूसंग सेटिङ मिलाउने र रकमको लेनदेन गर्ने सबै काम प्रहरी हवल्दार जन्तलाल गुप्तालाई जिम्मा दिने गरेका छन् । असई भट्टराईले जन्तलाललाई आफू जहाँ गयो त्यही लैजाने गरेका छन् । मेउडियामा संगै लगेका गुप्तालाई अहिले पनि बसपार्कमा लगेर घुमुवाको रूपमा नै परिचालन गरिरहेका छन् । सबै रकम उठाउने जिम्मेवारी घुमुवा गुप्ताको नै रहेको छ । जबकि हवल्दार गुप्ताको दरबन्दी सप्रसे इलाम हो । इलाम दरबन्दी भएको व्यक्ति लुम्बिनी प्रदेशको रूपन्देहीमा घुमुवाको रूपमा परिचालित छन् ।
भैरहवा बसपार्कमा चनौली बगाहा , बेलहिया , मैनीहवा र मेउडिहवा नाकाबाट जतिपनि तस्करीको धन्दा हुन्छ ती सबै सामान आउँछ । त्यसमाथि लामो समयदेखि जिल्लाको घुमुवा र तस्करीको नाकामा बसेका असई भट्टराई र हवल्दार जन्तलाल बसपार्कमा बसेपछि कुन तस्करले उनीहरूलाई रकम नदिएर काम गर्न सकोस र ?
अहिले भैरहवाका मुख्य नाकाबाट तस्करीको लाइन पाउनेहरूमा कस्मेटिकको काम गर्ने गीता र रिता पाण्डे , कपडाको काम गर्ने गौरी र कालीछन् । त्यसैगरी अख्तर , खांन , संजय सहानी , पारू , प्रेम , शैलेश मुख्य छन् । उनीहरूले घुमुवा प्रहरीको सेटिङमा एसपीलाई एक लाख , डिएसपीलाई पचास हजार र घुमुवाहरूलाई १५ हजारको दरले मासिक रकम दिने गरेको समेत सार्वजनिक भएको छ । तर हालका एसपीले कुनै पनि तस्करसँग हाल सम्म एक रूपैयाँ पनि नलिएको समेत हाम्रो स्रोत बताउँछ ।तर घुमुवाहरूले भने एसपीको नाममा समेत रकम लिइरहेका छन् । बेलहिया नाकाबाट कपडाको ठूलो मात्रामा तस्करी गर्नेमा सत्तार मुसलमान रहेका छन् । उनले प्रहरी , सशस्त्र प्रहरीको सेटिङमा ट्रकबाट कपडाको ठूलो तस्करी गरिरहेका छन् ।
केही दिन अघि मात्रै घुमुवा प्रहरीको संरक्षण र सेटिङमा भित्रिएको कपडा एसपी लाई सूचना आएपछि उनको टोलीले वरामद गरेपछि घुमुवा प्रहरीको तस्करी सेटिङ खुलासा भएको थियो । मायाँदेवी गाउँपालिका वडा नं. ७ बनगाई स्थितमा जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ३६ को ओम प्रकाश यादवले चलाएको ग १ त ४६२५ नं.को ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शंका लागी रोकी चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको लेडिज सुट ५६८ पिस, ब्लाउजको अस्तर (भित्री) २००० पिस, पहेलो धोतीको कपडा २६४० मिटर, पुजामा प्रयोग गरिने सेतो कपडा ३८० पिस, जेन्स बेल्ट ४१० पिस ट्याक्टर सहित अं. मुल्य १८,३६,६८० बरावरको सामान बरामद गरी बरामद सामान, ट्याक्टर मानिस सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको थियो ।
साभार-नव जनप्रहार