बांके,चैत,११,गते।
नेपालगंज नजिकै रहेको पचपोखरा नाका अहिले तस्करीको अखडा बनेको छ। जानकी गाउँपालिका वडा नम्बर १ पचपोखरागाउँकै स्थानिये चर्चित तस्कर र बंदरगाह (बि.ओ.पी) बाट आउट पोस्टमा खटेको सशस्त्र प्रहरी जवानको संरक्षणमा खुलेयाम विषादी फलफूलको अवैध तस्करी भैरहेको बताइएको छ ।
सशस्त्र प्रहरी जवानहरुले तस्करीको सेटिङ मिलाएर पैसा असुल्ने गरेको समाचारहरु आउन थालेका छन् । बांकेको सबैभन्दा तस्करी हुने नाकाका रूपमा चिनिएको पचपोखरा, साईगाउँ,बढैया, रहेको छ । तस्करीको सामानहरू दांग शुर्खेत जाजरकोट सम्म पुग्ने गर्दछ। दैनिक आधादर्जन बढी मोटरसाइकलबाट विषादी फलफूलको अवैध तस्करी गरिरहेका छन् । विषादी फलफूलको अवैध तस्करी जानकी १ पचपोखराका चर्चित तस्कर र प्रहरीको संरक्षणमा भईरहेको स्थानिये स्रोतको दावी छ ।, कपडा , हाडबेयर, गुटका ,सुर्तीको पनि तस्करी गरिरहेका छन् ।
चर्चित तस्करले विषादी फलफूलको अवैध तस्करीको प्रहरीलाई लाइन दिएकोको स्थानिये स्रोतको दावी रहेको छ । चर्चित तस्करहरुलाई तस्करी गराउन लाइन बापत पचपोकरा, साईगाउँ नाकामा खटेका प्रहरीले मासिक अवस्था हेरेर ३० देखि ५० हाजार सम्म लिने गरेको स्थानियेको भनाई छ ।
पचपोखरा, साईगाउँ,बढैया नाकाबाट दैनिक लाखौँ लाखको तस्करी भइरहेको छ । भारतबाट नेपालतिर कपडा, तेल, चिनी, मेसिनरी पार्टस लगायतका सामग्री तस्करी हुने गरेको छ। प्रहरीको नेपाल र भारत दुवै तिरका तस्करहरु सित उठबस हुने गरेको पाइएको छ। बढैया, शिवपरीबाट अवैध रूपमा रक्सी भारतमा तस्करी हुने गरेको पाइएको छ ।
बांकेका नाकाबाट अवैध रुपमा तस्करी गरी नेपालगंजमा डम्प गरेका कपडाहरु ठूलो परिणाममा गाडीमा लोड गरी नेपालगंजमा रहेको ट्रान्सपोर्टमा ल्याउने गरिएको र किर्ते बिल बिजक जारी गरेर उक्त ट्रान्सपोर्टबाट मुलुकको विभिन्न शहरहरु कपडा पुर्याउने गरिएको स्रोतको भनाइ छ ।