सुरेश यादव,
नवलपरासी चैत १०,गते-पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको आज सार्वजनिक सुनवाइ कार्यक्रम रामग्राम नगरपालिका वडा नं १४ स्थित अमरौत वडा कार्यालय परिसरमा सम्पन्न भएकोछ। नगरपालिकाका नगर प्रमुख धनपत यादवको अध्यक्षता तथा नगर उपप्रमुख सम्झना चौधरी एवम् प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र वडा नं १४ को वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नं ४ का वडा अध्यक्ष मदन यादव,वडा नं ११ का वडा अध्यक्ष धनिराम यादव र वडा नं १५ का वडा अध्यक्ष धनपत यादवको आतिथ्यतामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाले हरेक ३-३ महिनामा सार्वजनिक सुनवाइ गर्दै जाने प्रमुख प्रशासकिय अधिकृत खड्काले जानकारी दिनुभयो । यसअघि नगरपालिकाले वडा नं ११ मा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरिसकेको उहाँ बताउनुभयो ।
सार्वजनिक सुनवाइ कार्यक्रममा खानेपानी,सुकुम्बासी,मल,सिचाइको समस्या,शिक्षामा सुधार,धल निकास,सडक मापदण्डअनुसार नबनेको,अपांगको समस्या,सुचना प्रवाहमा कमि,नदि जन्यको उत्तखन्न,नदि कटान,चोरी निकासी समस्या लगायत विभिन्न समस्या तथा गुनासो स्थानियहरुले गरेका थिए ।
नगर प्रमुख धनपत यादव,उपप्रमुख सम्झना चौधरी,प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्का,वडा नं १४ का वडा अध्यक्ष ओमप्रकाश यादव,वडा नं १५ का वडा धनपत यादवले आफुहरुले समस्या तथा गुनासोलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने जनताको लागि आफुहरुले २४ सै घण्टा लागिरहने बताएका छन् ।