बांके,चैत,९,गते।
नेपाल सरकारका खानेपानी मंत्रि अब्दुल खानका सल्लाहकार सहबुद्दिन अंसारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान– (हिजरी संवत् १४४४) को अवसरमा मुसलमान समुदायलगायत सम्पूर्ण नेपालीजनमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “इस्लामले रमजान पर्वमा इस्लाम धर्मावलम्बीहरु एक महिना सम्म मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डर अनुसार बिहान ४:४६ बजेबाट बेलुका ६:३४ बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो इस्लाम समाजमा मनाइने यस प्रकारका चाडपर्वहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको बताउँदै अंसारीले यसरी मनाइने ‘रमजानमा हामीबीच सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने विश्वास लिएको छु।