बाँके, चैत,८,गते।
जनमत पार्टी सदस्य भगवानदीन सहित एक दर्जन बडीले विधिवत रुपमा राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन् । नेपालगंजस्थित राष्ट्रिय स्वराज पार्टी कार्यालय बांकेमा आयोजिक एक कार्यक्रममा राष्ट्रिय स्वराज पार्टीका अध्यक्ष इरफान अहमद शेषले नवप्रवेसीलाई राष्ट्रिय स्वराज पार्टीमा स्वागत गरेका हुन् ।
प्रवेश गर्ने हरुमा धेरै जनमत पार्टीका कार्यक्रता हुन, भगवानदीन चमार, राजिन्दर चमार लगाएतले राष्ट्रिय स्वराज पार्टी कार्यालय बांकेमा पार्टी अध्यक्ष इरफान अहमद शेषको हात बाट सद्स्यता लि विधिवत रुपमा राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका भगवानदीनले भने बांके जिल्लामा राष्ट्रिय स्वराज पार्टी प्रति आम जनताको लहर बढ्दै गएको उनले बताए । अब राष्ट्रिय स्वराज पार्टी देशमा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दावी समेत गरे ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष इरफान अहमद शेष, केन्द्रीय महिला नेतृ जोया शेष, जिल्ला सभापति अब्दुल कादिर साई जिल्ला संरक्षक रियाज अहमद शेष, नेता जाबिर हल्वाई, खेमराज मौर्य, मुस्तफा शेष लगायतका विशेष नेताहरूको उपस्थितिमा उक्त पार्टीमा प्रवेश कार्यक्रम गरिएको जानकारी राष्ट्रिय स्वराज पार्टीका नेता जाबिर हल्वाईले लिमरा खबरलाई जानकारी गराए।