बांके,चैत,७,गते।
नेपाल सरकारले विशेष गरि सशस्त्र प्रहरीलाई नाकामा हुने गरेको राजश्वमा चुहावट र अवैध चोरी पैठारी नियन्त्रण गर्ने जिम्मा दिएपनि सशस्त्र प्रहरीले त्यसको ठीक विपरित अवैध कारोबार गर्ने कारोबारीहरू सँग साठगाठ गरि आर्थिक संकलन तर्फ केन्द्रित रहेको पाइएको छ । बांकेको पचपोकरा, साईगाउँ,बढैया, नाकामा बंदरगाह (बि.ओ.पी) का केहि सशस्त्र प्रहरी जवानहरुले तस्करहरुलाई संरक्षण दिई लाखौं रकम असुली गरिरहेको खबर प्राप्त भएको छ ।
सिमानाकामा हुने गरेको अवैध चोरी पैठारीमा बोडर नाकमा खटेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्कर सँग महिनवारी बुझी तस्करी धन्दालाई सहज बनाइदिएको छ । एनि हाउ पैसा कमाउ भन्ने उखानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीहरु तस्कर समुहहरू सङ्ग लाखौ लाख रूपैया नजराना बुझी तस्करी लाइन सुचारु गरेका हुन ।
पचपोकरा, साईगाउँ,बढैयाको, खुल्ला सिमानाकाको फाइदा उठाउदै तस्करहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई आर्थिक प्रलोभनमापारी सो सिमानाकामा पर्ने नेपालगंज बजारबाट मदिरा खरिद गरी भारतिये बजार रुपैडिहामा अवैध रुपमा भन्सार छली राति दिउसोको समयमा नेपालबाट भारतिये बजार रुपैडिहा बाबागंजमा नानपारा सम्म भित्र्याउने गरेको स्थानीयको आरोप छ ।
नेपालबाट भारतमा सशस्त्र प्रहरी कै सहयोग मा रक्सी मदिरा को तस्करी हुँदै आएको स्थानीयले बताएका छन । पचपोखरा सिमानाकामाबाट प्रहरी को सहयोगमा प्रत्येक दिन रातिको समयमा ५ लाख ८० हजार सम्मको मदिराको तस्करी भइरहेको सूचना प्राप्त भएको छ ।
श्रोतका अनुसार तस्करहरुले साइकल, मोटरसाइकल,पैदल टाउको मा राखी बोर्डर कटाउने गरेका छन् । सो वापत साइकल मा तस्करी गर्ने सँग प्रति महिना ५ हजार रुपैया र मोटरसाइकल बाट तस्करी गर्ने सँग प्रति महिना १० हजार ५ सय रुपैया , भैंसी तस्कर सँग प्रति भैंसी ३ हजार रुपैया र राँगाको प्रति राँगा १५०० सय रुपैया ड्युटीमा मा रहेका सशस्त्र प्रहरीहरु लाई रिचार्ज खर्च दिने चलन रहेको छ ।
श्रोतका अनुसार त्यस नाकामा रहेका उच्च ओहदामा रहेका प्रहरीहरु विभिन्न किसिमका समाग्री नेपाल र भारतबाट अबैध रूपमा आयात निर्यात गर्ने तस्कर गिरोह सङ्ग रकम लिएर कार्य सुचारू गरेको स्थानियहरु बताए । नाम नछाप्ने सर्तमा एक मदिरा तस्कर भन्छन् कि सशस्त्र प्रहरीले १० हजारलिन छन मदिराको समान सिमानाका कटाउन लिएको थियो ।
पचपोकरा सिमानाका बाट तस्करहरुले आऊट पोस्ट डिउटीमा खटेका सशस्त्र प्रहरी जवानको सहयोगमा मदिराको समान भन्सार छली गरी भारत प्रवेश गरेको थियो । एकैरातमा ५ लाख बराबर को रक्सि मदिरा भारत भित्रिएको स्थानियको आरोप छ।