मंसूर अलि इद्रिशि
नेपालगंज,चैत,७,गते-बांके जिल्लाको राँझा एयरपोर्टनजिकै रहेका पसुपतिनाथ मंदिर ऐतिहासिक पर्यटकीयस्थलको रुपमा परिचित छ । नेपालगंज उपमहानगरपालिका र नेपालगंज वडा नम्बर २०,को सहकार्यमा पशुपति मंदिरलाई धार्मिक पर्यटकीय नगरीको रूपमा विकास गरिएको वडा अध्यक्ष कौसल कुमार धोबीले बताए।
वडा अध्यक्ष धोबीले भने प्राकृतिक सौन्दर्यताले भरिएको यस पर्यटन क्षेत्रलाई अझ व्यवस्थित बनाउनका निम्ति काम गर्ने बताए । यस पर्यटन क्षेत्रलाई आगामी दिनमा यसको विकासलाई तिब्र गतिमा अगाडी बढाई बढी भन्दा बढी पर्यटक भित्र्याउन सक्रिय भएर लाग्ने पसुपतिनाथ मन्दिर पुजारी दाहालले बताए ।
नेपालगंज उपमहानगरपालिकाले भने धार्मिक पर्यटकका यस्तै गुनासालाई सम्बोधन गर्न धार्मिक क्षेत्र सुधारका काम गरिरहेको जनाएको छ । उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले आफ्नो प्रमुख प्राथमिकतामध्ये धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी विकासका गतिविधि गर्नुपर्ने रहेको बताए । उनले धार्मिक पर्यटकलाई लक्षित गरी योजनाबद्ध रुपमा धार्मिक क्षेत्र सुधारका काम अगाडि बढाइएको बताए ।
मुख्यगरी यहाँ पशुपतिनाथ मन्दिरमा पर्यटक दर्शन गर्न आउने छन् । आवश्यक व्यवस्थापकीय काम भएमा पशुपतिनाथ मन्दिरको अवलोकन गर्न आउनेले अवलोकन गरी आनन्द लिन सक्छन् । पहिलो पटक नेपालगंज आएकी भारत कानपुरकी पुजा शर्माले मठमन्दिरको हिसाबले सुन्दर ठाउँ भए पनि पार्किङ, प्रतीक्षालय व्यवस्थापन रहेकोले सहज हुने बताइन् ।
नेपालगंज उपमहानगरपालिका उपमेयर राईले भने धार्मिक पर्यटकका यस्तै गुनासालाई सम्बोधन गर्न धार्मिक क्षेत्र सुधारका काम गरिरहेको जनाएको छ । नेपालगंज वडा नम्बर २०,का वडा अध्यक्ष कौसल कुमार धोबीले आफ्नो प्रमुख प्राथमिकतामध्ये धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी विकासका गतिविधि गर्नु रहेको बताए । उनले धार्मिक पर्यटकलाई लक्षित गरी योजनाबद्ध रुपमा धार्मिक क्षेत्र सुधारका काम अगाडि बढाइएको बताए ।
राँझा एयरपोर्टलाई धार्मिक पर्यटन नगरीका रुपमा विकास गर्न सोहीअनुसार मैले योजना बनाएको छु”, वडा अध्यक्ष धोबीले भने, “त्यही योजनाअनुसार फोहरमैला व्यवस्थापनको काम हुँदै छ । नेपालगंज उपमहानगरपालिकाका उपमेयर राईले पनि धर्म, संस्कृति र मठमन्दिरले जोडेको नेपालगंजलाई सजाउने, सिगार्ने र सुन्दर बनाउने काममा नेपालगंज उपमहानगरपालिकाले आवश्य काम गर्ने बताए।