मंसूर अलि इद्रिशि
बांके,चैत,६गते-नेपालगंज उपमहा नगरपालिका वडा नम्बर,२० द्वारा खाने पानीको लागी ट्यांकी सहयोग गरेको छ । नेपालगंज वडा नम्बर २० को वडा कार्यालयले रांझा प्रहरी बिट्लाई खाने पानीको ट्यांकी सहयोग गरेको हो ।
वडाबासी र स्थानिये रांझा प्रहरी बिट्लाई खाने पानीको सुविधा दिनका लागि वडा कार्यालयले सो सामग्री वितरण गरेको वडा अध्यक्ष कौसल कुमार धोबीले लिमरा खबरलाई जनाइएको छ । स्वच्छ खानेपानी उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो।
एक समारोहको आयोजनामा वडा अध्यक्ष कौसल कुमार धोबी वडा सचिव स्थानिये रांझा प्रहरी बिटका प्रहरी जवान वडा कार्यालयका कर्मचारी लगायतको उपस्थितिमा सो सामग्री सहयोग गरेको हो । वडा अध्यक्ष कौसल कुमार धोबीले खाने पानीको ट्यांकी खरिद गरी वितरण गरिएको जनाइएको छ ।
वडा अध्यक्ष कौसलले भने खानेपानीको उचित प्रबन्ध गर्नु राज्यको दायित्व हो । तर तीन/तीनवटा सरकार हुँदा पनि आमनागरिकले पर्याप्त पानी खान पाएका छैनन।