नेपालगंज,चैत,५,गते।
बांके जिल्ला जमुनहा नाकाको पश्चिम बढैया सिमा नाकाबाट मदिराको तस्करी बढेको छ । बढैयासिमा नाका सुरक्षाकर्मीको मिलोमतोमा मदिरा तस्करी मौलाएको हो । नेपालमा सस्तो पाईने मदिरा भारतमा मंहगोमा बेच्नका लागि स्थानिय तस्करहरु चोरबाटा, सडक नभएको मान्छेमात्र हिँड्न सक्ने गोरेटो बाटो हुँदै मदिरा भारततर्फ अवैध रुपमा निकासी गर्ने गरेका छन् ।
बांके जिल्लाको जानकी गाउपालिका वडा नम्बर १ शिवपरी बढैया, को नाकाबाट रातीको समयमा मदिराहरु भारत छिराउने गरेको स्थानियले लिमरा खबर लाई बताए । नेपालमा ६० मूल्यमा पाईने मदिरा भारतमा लगेर १०० देखि १५० रुपैया भारुमा विक्री हुने भएकाले तस्करहरु मदिराको कारोबारमा लागेका छन् ।
नेपालबाट भारतमा भित्राईने मदिरा भारतको रुपईडिहा,बाबागंज,नानपारा, बहराईच अन्तरगत हुँदै लखनउ लगाएतका ठाउमा विक्री वितरण हुने गरेको छ । भारतमा जताततै मदिरा नपाउने र मदिरा विक्री वितरण जोन बाहेक अन्त मदिरा सेवन गर्न नमिल्ने भएकाले भारतमा नेपाली सस्तो मदिरा कर्णाली गोल्ड ,सोफी, एम्बिसन जस्ता मदिारको अवैध निकासी हुने गरेको पाइएको छ ।
सिमा क्षेत्रमा खटिएका बिओपी चेक पोस्ट सुरक्षाकर्मीको मिलोमतोमा रातको समयमा बोरामा प्याक गरि टाउकोमा बोरा राखी साईकल र मोटरसाइकलमा लोड गरि विभिन्न साना नाकाबाट मदिरा निकासी हुने गरेको स्थानियेको भनाई छ । सीमावर्ती क्षेत्रका नेपाली बस्तीमा छ्यासछ्यास्ती खुलेका भट्टी पसलमा पनि भारतीय ग्राहक नै बढी पाइने गरेका छन् ।