मंसूर अलि इद्रिशि
बांके,चैत,५,गते-नेपालगंज उपमहापालिका वडा नं. १७ परसपुरगाउँमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नेपालगंज उपमहापालिका पशु सेवा शाखाले सञ्चालन गरेको उक्त शिविरमा वडाभित्रका घरपालुवा पशुहरुको स्वास्थ्य जाँच तथा औषधी वितरणका साथै आवश्यक परामर्श प्रदान गरिएको । नेपालगंज उपमहापालिका पशु, सेवा शाखाकी प्रमुख लछ्मी शाहीले जनाएकी छिन ।
शिविरलाई सम्बोधन गर्दै नेपालगंज उपमहापालिका मेयर प्रशान्त बिस्टले वडाभित्रका पशुपन्छीहरुको स्वास्थ्य अवस्था बुझ्न तथा सोही अनुसारको उपचारका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो। समय समयमा पशुको अवस्थाबारे स्वास्थ्यबारेमा पशुपालक कृषकले बुझ्न आवश्यक रहेको बिस्टले बताउनुभयो ।
व्यवसायीक रुपमा पशुपालन गरेका तथा अन्य कृषकले पनि आफूले पालेको पशुपन्छिलाई निरोगी बनाउनका लागि जाँच, औषधी उपचार तथा परामर्श लिन आवश्यक रहेको बताउनुभयो । पशु सेवा शाखाका प्रमुख लछ्मी शाहीका अनुसार शिविरमा वडाभित्रका एक सय भंदा बडी घरधुरीका पशुपन्छीहरुको जाँच तथा निशुल्क औषधी वितरण गरिएको छ ।
शिविरमा पशु सेवा शाखाका प्रमुख लछ्मी शाही सहित शाखाका पशु स्वास्थ्य प्राविधिक डा.दिपेन्द्र शाह, पशु स्वास्थ्य प्राविधिकहरु अचुत गौतम, धन कुमारी, पुन लगायतले सेवा प्रदान गर्नुभएको थियो । उहाँहरुले पशुपन्छीमा लाग्ने रोग, यसको उपचारका बारेमा कृषकहरुलाई परामर्श समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नेपालगंज उपमहापालिका मेयर वडा नं. १७ का वडा अध्यक्ष लछ्मन प्रसाद बर्मा, वडा सचिव उप्मन्यु त्रिपाठी वडा सद्स्य कौसर अली बेहना पशु सेवा शाखाका कर्मचारीहरु र वडाका पशुपालक कृषकहरुको उपस्थिति रहेको थियो । शिविर चालु वर्षको पशु सेवा शाखाको कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको पशु सेवा शाखा प्रमुख शाहीले बताउनुभयो ।