मंसूर अलि इद्रिशि
नेपालगंज,चैत,२,गते-नेपालगंज उप–महानगरपालिको वडा नं १४ मा बिहिबार निःशुल्क पशुस्वास्थ्य शिविर सम्पन्न भएको छ । उप–महानगरपालिकाको पशु सेवा शाखाले निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको हो । वडा नं १४ को प्रांगणमा आयोजना गरिएको शिविरमा सयौ किसानहरुले शिविरबाट सेवा लिएका थिए ।
नेपालगंज उप–महानगरपालिकाको पशु सेवा शाखाले वडा नं १४ को भवनियापुरमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको थियो । शिविरमा पशु रोगका बारेमा परामर्श तथा पशुको उपचारका लागि आउने किसानहरुको भिडभाड नै लाग्यो वडा अध्यक्ष मजहर अलि साईले भने, आगामी आर्थिक बर्षमा पनि पशु स्वास्थ्य शिविरलाई निरन्तरता दिईने छ ।
वडाका किसानहरुमा पशुपालन तर्फ किसानको आकर्षण घटेको बताउदै वडा अध्यक्ष साईले भने, ब्यावसायीक पशुपालन गर्ने किसानलाई अनुदान र निशुल्क पशुसेवा परामर्श दिने ब्यबस्था उप–महानगरले गर्ने छ । शिविरमा भवनियापुर क्षेत्रका पशुपालक किसानहरुले सेवा लिएका थिए । झण्डै सय भन्दा बढीले शिविरबाट सेवा लिएको वडा अध्यक्ष मजहर अलि साईले लिमरा खबर लाई जनाएको छ ।