मंसूर अलि इद्रिशि
नेपालगंज,चैत,२,गते-बाँकेका कुखुरा व्यवसायी तथा किसानहरुले सडकमा कुखुरा फालेर आन्दोलन गरेका छन् । नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर १० स्थित गणेशमान चोकमा कुखुरा फालेर आन्दोलन गरेका हुन् । भारतीय कुखुरा भित्रिन थालेकाले व्यवसायी त्रसित भएको मोहम्मद हुसेनले गुनासो गरे ।
कुखुरा व्यवसायीहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाएका कारण बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेनले बताए । भारतको रुपईडिहा नजिकै रहेको रंजितबोझा,पचपोखरीमा रहेको पोल्टीमा कुखुराको मूल्य सस्तिएपछि अवैधरूपमा कुखुराको आयात बढेको व्यवसायी र कृषकको गुनासो रहेको छ ।
खाँले भने आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराउंदा पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको उनको भनाइ छ । भारतबाट भित्रिने अबैध कुखुराका कारण नेपाली किसान पीडित बनेको बताए । सशस्त्र र नेपाल प्रहारीको सेटिङमा तस्करहरुले भारतबाट ज्युँदै कुखुरा र मासु नेपाल ल्याउने गरेको खाँले दाबी गरेका छन ।
बाँकेको जमुनाहा नाका,डुडुवा गाँउपालिका, जानकी गाँउपालिकाको साईगाउ,पचपोखरा शिवपरी लगाएत विभिन्न नाकाबाट ठूलो मात्रामा भारतबाट अबैध कुखुरा नेपालमा आउने गरेको स्थानिये व्यवसायीले बताए । नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई मासिकरुपमा नै लाइन दिने कार्य नरोकिदासम्म नेपाली किसानले यसैगरी मार खेपिरहन कुखुरा व्यवसायीहरुले बताए ।