नेपालगंज,चैत,१,गते।
राष्ट्रिय स्वराज पार्टी बाँकेका जानकी गाउपालिका वडा नम्बर,३,का स्वराज किसान संघका पालिका इन्चार्ज तथा संस्थापक नेता माधवराम बर्माको असामयिक निधनप्रति राष्ट्रिय स्वराज पार्टीको केन्द्रीय संयोजक इरफान अहमद शेषद्वारा शोक व्यक्त गर्दै मृतक माधवराम प्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
श्रद्धाञ्जली तथा समवेदना वक्तव्यमार्फत राष्ट्रिय स्वराज किसान संघ जानकी गाउपालिका इन्चार्ज तथा संस्थापक नेता माधव राम बर्माको असामयिक निधनले स्वतन्त्र मधेस गठबन्धनदेखि अहिलेसम्म हरेक आन्दोलन र उहाँसँगको राजनीतिक यात्रामा उहाँ एक सच्चा स्वराजवादी नेता हुनुहुन्थ्यो, । वहाँको निधनले अपूरणीय क्षति पु¥याएको पनि उल्लेख गरेका छन् ।
नेता माधव राम बर्माको असामयिक निधनले नेपालको राष्ट्रिय स्वराज पार्टीलाई अपूरणीय क्षति पु¥याएको छ । राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय संयोजक इरफान अहमद शेषले वक्तव्यमा अगाडि भनिएको छ, ‘राष्ट्रिय स्वराज पार्टी बाँके जानकी गाउपालिका राष्ट्रिय स्वराज किसान संघ इन्चार्ज तथा संस्थापक नेता माधव राम बर्माकोप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र शोकसन्तप्त बर्माको परिवार तथा पार्टी पङ्क्तिमा गहिरो समवेदना प्रकट गर्दछु ।