महोत्त,फागुन,२९,गते।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका ५ की नेहा चौधरीको ससुरा रामप्रवेश चौधरी पक्राउ परेका छन् । घरेलु हिंसामा परेकीनेहा चौधरीसंग थप दाइजो माग्दै यातना दिएर घरबाट निकाला गरेपछि नेहाले श्रीमान् डाक्टर पंकज चौधरी, ससुरा रामप्रवेश र अन्य सदस्यमाथि मुद्दा दायर गरेकी थिइन् ।
नेहाको श्रीमान् पंकज यसअघि नै पक्राउ परेका थिए । उनलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरिसकेको छ । नेहाका ससुरा ६० वर्षीय रामप्रवेशलाई महोत्तरी प्रहरीले मनरासिस्वा नगरपालिका २ बाट आइतबार पक्राउ गरेको हो ।
२०७८ साल फाल्गुन २५ गतेमा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहमा पंकजका परिवारले एक करोड भन्दा बढी दाइजो लिएका थिए । तर काठमाडौँमा घर पनि बनाइदिन भन्दै दबाब दिएको र नमानेपछि यातना दिएको थिए नेहाको आरोप छ।
सम्बन्ध बिग्रेपछि पंकजले सुरुमै डिभोर्स मुद्दा दर्ता गराएका थिए । त्यसपछि नेहाले श्रीमान् पंकज, ससुरा रामप्रवेश र परिवारका अन्य ४ सदस्यमाथि जालसाजी, घरेलु हिंसा, दाइजो, र अंश मुद्दा दायर गरेकी थिईन् ।